MENU

देशपरदेश बारेमा

 खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, व्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या आज ४१ लाख पुगेको छ । अथवा देशको १५ प्रतिशत भन्दा ठूलो जनसंख्या नेपाल बाहिर छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ ।  
 
देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका ४१ लाख भन्दा धेरै नेपालीका भावना, भोगाई, चासो र सरोकारका विषय र घटनाहरु यो प्लेटफर्मका मुख्य विषयबस्तु हुन् । यिनै विषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाइन पोर्टलमा समेटिन्छन् । 
 
उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देशपरदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईलाई हार्दिक स्वागत छ ।
 

देश परदेशकर्मी :

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू