MENU

कुन देश कस्ता

इजरायल

इजरायल

इजरायल भूमध्य सागरको पूर्वी किनारमा रहेको घना जनसंख्या भएको देश हो । संसारमा यहुदीहरुको  बहुमत भएको एक मात्र देश हो इजरायल । तीन छुट्टा छुट्टै सम्प्रदाय इसाई, यहुदी र मुस्लिमले पवित्र मान्ने भूमी जेरुसेलम इजरायलमा पर्छ । जसको स्वामित्वलाई लिएर छिमेकी मुलुकहरु र प्यालेस्टाइनसँग इजरायलको निरन्तर टकराव भइरहन्छ । जेरुसेलम नै इजरायलको राजधानी हो । तेल अभिव दोश्रो ठूलो र महत्वपूर्ण शहर हो ।

इजरायलको मुख्य भाषा हिब्रु हो । तर अंग्रेजी भाषा पनि त्यहाँ उत्तिकै प्रयोग हुन्छ । त्यहाँको मुद्रालाई सेकल भनिन्छ । एक सेकल बरावर झण्डै २१ रुपैयाँ ५० पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । जाडो मौसम चिसो, ओसीलो र दिन छोटो हुन्छ । गर्मी मौसमा भने तातो, सुख्खा र लामो दिन हुन्छ ।

नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य मुलुक हो । मुख्य गरी नेपाली महिला कामदार इजरायल जान रुचाउँछन । अहिले त्यहाँ थोरै मात्र नेपाली कामदार केयर गिभिङ र कृषि क्षेत्रमा काम गर्छन । सरकारले २०७२ साउन २२ गते इजरायलसित केयर गिभरमा नेपाली कामदार पठाउन सम्झौता गरेको छ । केहि वर्ष देखि बन्द भएको इजरायलमा सरकार आफैंले कामदार पठाउने तयारी थालेको हो । दक्षिण कोरिया पछि जि टु जी मार्फत कामदार पठाउन सरकारले दोश्रो मुलुक इजरायलसँग सम्झौता गरेको हो ।

इजरायलमा प्रवासी कामदारलाई विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले सहायता प्रदान गर्छन ।  प्रवासी कामदारलाई गरिने भेदभावपूर्ण कामको अवस्था वा उनीहरुको जीवनस्तर उकास्नका लागि कानूनी सहायता, चिकित्सा र सामुदायिक सेवा प्रदान गरिन्छ । आप्रवासी कामदारको अधिकार उल्लंघन गर्नु इजरायलमा दण्डनीय मानिन्छ । कसैले उल्लंघन गरे जरिवाना तिर्नु पर्ने वा आपराधिक मुद्दा पनि झेल्नुपर्ने हुनसक्छ । न्यूनतम तलव ज्याला नदिएमा, तलवबाट कुनै शीर्षकमा रकम कटौती गरेमा, अपर्याप्त स्वास्थ्य विमा दिइएमा, उचित आवासको व्यवस्था नभएमा, लिखित करारपत्र वा तलव भौचर नदिएमा, पूर्व सूचना विना करार खारेज गरेमा, रोजगारदाताले पासपोर्ट जफत गरेमा, अव्यवहारिक मध्यस्थता शुल्क तिर्न माग गरेमा वा अरु कुनै अधिकार र दायित्व, स्वास्थ्य तथा आवासका सन्दर्भमा न्यूनतम अवस्था उल्लंघन भएमा आप्रवासी कामदारको अधिकार उल्लंघन भएको मानिन्छ । कसैलाई अन्याय भएको भए विदेशी श्रमिक विभागमा वा तल दिइएको ठेगाना र फोन नम्बरमा उजुरी दर्ता गर्न सकिन्छ । अन्यायमा परेर उजुरी गर्दा वा उजुरीकर्तालाई सघाउँदा रोजगारदाताले कुनै किसिमको कारवाही गर्न पाउँदैन ।

Haifa: 7/9 Pal Yam St., Zim Building, First Floor
Tel. 04-8606700, Fax: 04-8606735 
Sunday - Thursday 8:30-16:00

Jerusalem: 34 Ben Yehuda ST., Migdal Hair, 13th floor
Tel: 02-6229835 Fax:02-6229867
Sunday-Thursday 8:30-16:00

Tel Aviv: 53 Derech Shlomo
Tel: 03-5125428 Fax: 03-5125492
Sunday-Thursday 8:30-16:00

Beer Sheva: Alumot 12, Park Taasiya, Omer
Tel: 08-6253005 Fax: 08-6253000
Sunday-Thursday 8:30-16:00

इजरायलमा नेपालको दूतावास तेलअभिवमा छ । कुनै समस्या पर्दा नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

Embassy of Nepal
14th  Floor, Textile Centre Building, 2 Kaufman St.
Tel Aviv 68012, Israel 

Tel: +972(0)3 510 0111
Fax: +972(0)3 516 7965

Email: [email protected] /[email protected]
Web: www.nepalembassy-israel.org 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • दक्षिण कोरिया दक्षिण कोरिया

    दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरियाको मुद्रालाई वन भनिन्छ । सय वन बरावर झण्डै ९ रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । दक्षिण कोरियामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरुको बाहुल्यता छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ । नेपालले इपिएस प्रणाली अन्र्...

  • ओमान ओमान

    ओमान खाडी मुलुकहरुमध्येमा पहिलो स्वतन्त्र राज्य हो । खाडी क्षेत्रका परम्परागत देशहरूमा ओमान पनि पर्दछ । ओमान अरब प्रायद्विपको दक्षिण पूर्वी कुनामा खाडीको मुखमा अवस्थित छ । ओमान राजतन्त्रात्मक देश हो । राजधानी मस्कट हो । ओमानको पहिलो भाषा अरवि हो । अरु चलनचल्तीको भाषाहरु अंग्रेजी र उर्दु हुन । ओमानको मुद्रालाई ओमानी रियाल  भनिन्छ । एक ओमानी रियाल  बरावर झण्डै २ सय ७७ रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  ओमानमा झण्डै १३ हजार नेपाली क...

  • बहराइन बहराइन

    बहराइन अर्थ ‘दुई समुन्द्र’ हो । बहराइन साउदी अरबको तटबन्ध फारसी खाडीमा रहेको एक द्वीपसमूह हो । त्यहाँ संवैधानिक राजतन्त्र छ र राजधानी मानामा हो । मुख्य रुपमा अरवी भाषा बोलिन्छ । अंग्रेजी पनि धेरै बोलिने भाषामा पर्छ । बहराइनको मुद्रालाई बहराइनी दिनार (बिएचडी) भनिन्छ । एक बिएचडी बरावर झण्डै २ सय ८० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  बहराइनमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने बहराइनमा जाडो याममा खासै जा...

  • लेवनान लेवनान

    समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार छन् त्यसमध्ये अधिकांश महिला छन् । उनीहरु मध्ये धेरैजसो घरेलु कामदारका रुपमा काम गर्छन् । केहि नेपाली होटल र रेष्टुराँमा काम गर्छन् । लेवनानमा मुख्य रुपमा अरबी भाषा बोलिन्छ । तर फ्रेन्च र अङ्ग्रेजी पनि धेरै बोलिने भाषा मध्येमा पर्छ । लेवनानको मुद्रालाई लेवनिज पाउण्ड(एलबिपी) भनिन्छ । एक सय नेपाली रुपैंया बरावर हालको दर अनुसार १ हजार ४ सय १३ एलबिपी हुन्छ । लेवनानमा क्रिश्चियन र ईस्ल...

  • कुवेत कुवेत

    दक्षिणमा साउदी अरब, उत्तरमा ईराक र पूर्वमा ईरानसित जोडिएको कुवेत पेट्रोलियम पदार्थमा बिश्वकै धनी र प्रमुख तेल उत्पादक देश मध्येको एक हो । कुवेतले ९० प्रतिशत वैदेशिक व्यापार पेट्रोलियम पदार्थकै गर्छ । मरुभूमि धेरै भएको कुवेतमा गर्मी धेरै हुन्छ । राजतन्त्रात्मक मुलुक कुवेतको राजधानी कुवेत शहर (कुवेत सिटी) हो । शालिमया, जालेब आश शुयुख, हउल्ली कुवेतका अरु शहर हुन् ।  कुवेतको मुद्रालाई कुवेती दिनार भनिन्छ जसलाई संक्षिप्तमा केडी भन्ने गरिन्छ । एक केडि बरावर करीव ३ सय ५० रुपैयाँ हुन्छ । यो विनिमय...

  • मलेसिया मलेसिया

    पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ ।  मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो ।...

  • साउदी अरेविया साउदी अरेविया

    खाडी तथा मध्यपूर्व भनेर चिनिने अरेवियन क्षेत्रको साउदी अरव संसारकै ठूलो तेलको खानी हो । तेलकै कारण साउदी अरव संसारका धनी देशमा दरिएको छ । खाडी क्षेत्रका देशहरु मध्येमा सवैभन्दा ठूलो देश पनि हो साउदी अरव । मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना यसै देशमा छन् । तीर्थयात्राका लागि बर्षेनी ३० लाख भन्दा धेरै ईस्लाम धर्मावलम्वी साउदी अरव जान्छन् ।  विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरवमा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग म...

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

केप आरबी हिल्टन, साउदी अरेबियामा स्काफोल्डिङ्को काम गर्दै नेपाली कामदार। तस्बिरः अर्जुन गिरी / साउदी अरेबिया