MENU

कुन देश कस्ता

कतार

कतार

मध्यपूर्व तथा खाडी क्षेत्रमा पर्ने कतार तीब्र गतिमा आर्थिक उन्नति गरिरहेको सानो मुलुक हो । कतारको जनसंख्याभन्दा यहाँ आएर काम गर्नेको संख्या कता हो कता धेरै छ । कतारको मुख्य आम्दानीको स्रोत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास हो । विश्वको तेश्रो ठूलो ग्याँस भण्डार कतारमा नै छ । गर्मीयाममा धेरै गर्मी र जाडोयाममा धेरै जाडो हुने कतार संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली भएको देश हो । 

कतारको राजधानी दोहा हो र यो कतारको सबैभन्दा ठूलो शहर पनि हो । कतारमा काम गर्न जाने मध्ये धेरैजसो नेपाली दोहामै भेटिन्छन् । कतारका अरु मुख्य शहरहरुमा अरयिन, वाक्रह, औमा सलाल हुन् । खेतीयोग्य जमिन अति कम भएकोले कतारमा तेल उत्पादन र प्रशोधन गर्ने उद्योग धेरै छन् ।   
 
कतारको मुद्रालाई रियाल भनिन्छ । एक रियाल बरावर नेरु २९ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि भैरहन्छ । ईस्लाम धर्म मान्नेहरु धेरै रहेको कतारमा प्रयोग गरिने मुख्य भाषा अरवी र उर्दु हो । 
 
कतार दिन दुईगुना र रात चौगुनाका हिसावले बढीरहेको देश हो । सन २०२२ मा दोहामा हुन लागेको विश्वकप फुटवल संरचना धमाधम निर्माण भैरहेका छन् । त्यसैले, सीप, क्षमता र जाँगर भएका मानिसलाई कतारमा हाल रोजगारीको थुप्रै अवसर छन् । कामका लागि कतार जाने नेपालीले मूख्य रुपमा निर्माण क्षेत्रमा मजदुर र कृषि श्रमिकका रुपमा काम गर्छन् । नेपालीले कतारमा गाडी चालक, सुरक्षा गार्ड र होटल तथा कारखानाहरुमा सरसफाई मजदुरको काम गरेको पनि पाईन्छ । चालक र सुरक्षा गार्डमा काम गर्नेहरुको मासिक तलव निर्माण र कृषि श्रमिककोभन्दा धेरै हुन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, २०६९ बैशाख मसान्तसम्ममा कतारमा काम गर्न ६ लाख ७५ हजार ९ सय ५७ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् ।  
 
कतारमा काम गर्न जाने नेपालीका लागि अति गर्मी, अरवी र उर्दु भाषाको ज्ञानको अभाव र थोरै तलव मुख्य समस्या हुन् । कतारमा सरकारी नियमहरु र कामको अनुसासन कडाईका साथ लागू गरिन्छ । यहाँ नेपालभन्दा सरदर २ घण्टा पैतालिस मिनेट ढिलो उज्यालो हुन्छ । 
 
कतारको राजधानी दोहामा नेपालको दूतावास छ । कुनै अप्ठ्यारो परेमा दूतावासको फोन नम्वर ९७४—४६७५६८१ वा ९७४—४६७५६८३ मा सम्पर्क गरेमा त्यहाँबाट सरसल्लाह र मद्दत पाईन्छ । थप जानकारी कतारस्थित नेपाली दूतावासको वेभसाईट http://www.nembdoha.com   मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • दक्षिण कोरिया दक्षिण कोरिया

    दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरियाको मुद्रालाई वन भनिन्छ । सय वन बरावर झण्डै ९ रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । दक्षिण कोरियामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरुको बाहुल्यता छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ । नेपालले इपिएस प्रणाली अन्र्...

  • ओमान ओमान

    ओमान खाडी मुलुकहरुमध्येमा पहिलो स्वतन्त्र राज्य हो । खाडी क्षेत्रका परम्परागत देशहरूमा ओमान पनि पर्दछ । ओमान अरब प्रायद्विपको दक्षिण पूर्वी कुनामा खाडीको मुखमा अवस्थित छ । ओमान राजतन्त्रात्मक देश हो । राजधानी मस्कट हो । ओमानको पहिलो भाषा अरवि हो । अरु चलनचल्तीको भाषाहरु अंग्रेजी र उर्दु हुन । ओमानको मुद्रालाई ओमानी रियाल  भनिन्छ । एक ओमानी रियाल  बरावर झण्डै २ सय ७७ रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  ओमानमा झण्डै १३ हजार नेपाली क...

  • इजरायल इजरायल

    इजरायल भूमध्य सागरको पूर्वी किनारमा रहेको घना जनसंख्या भएको देश हो । संसारमा यहुदीहरुको  बहुमत भएको एक मात्र देश हो इजरायल । तीन छुट्टा छुट्टै सम्प्रदाय इसाई, यहुदी र मुस्लिमले पवित्र मान्ने भूमी जेरुसेलम इजरायलमा पर्छ । जसको स्वामित्वलाई लिएर छिमेकी मुलुकहरु र प्यालेस्टाइनसँग इजरायलको निरन्तर टकराव भइरहन्छ । जेरुसेलम नै इजरायलको राजधानी हो । तेल अभिव दोश्रो ठूलो र महत्वपूर्ण शहर हो । इजरायलको मुख्य भाषा हिब्रु हो । तर अंग्रेजी भाषा पनि त्यहाँ उत्तिकै प्रयोग हुन्छ । त्यहाँको मुद्रालाई सेकल...

  • बहराइन बहराइन

    बहराइन अर्थ ‘दुई समुन्द्र’ हो । बहराइन साउदी अरबको तटबन्ध फारसी खाडीमा रहेको एक द्वीपसमूह हो । त्यहाँ संवैधानिक राजतन्त्र छ र राजधानी मानामा हो । मुख्य रुपमा अरवी भाषा बोलिन्छ । अंग्रेजी पनि धेरै बोलिने भाषामा पर्छ । बहराइनको मुद्रालाई बहराइनी दिनार (बिएचडी) भनिन्छ । एक बिएचडी बरावर झण्डै २ सय ८० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  बहराइनमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने बहराइनमा जाडो याममा खासै जा...

  • लेवनान लेवनान

    समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार छन् त्यसमध्ये अधिकांश महिला छन् । उनीहरु मध्ये धेरैजसो घरेलु कामदारका रुपमा काम गर्छन् । केहि नेपाली होटल र रेष्टुराँमा काम गर्छन् । लेवनानमा मुख्य रुपमा अरबी भाषा बोलिन्छ । तर फ्रेन्च र अङ्ग्रेजी पनि धेरै बोलिने भाषा मध्येमा पर्छ । लेवनानको मुद्रालाई लेवनिज पाउण्ड(एलबिपी) भनिन्छ । एक सय नेपाली रुपैंया बरावर हालको दर अनुसार १ हजार ४ सय १३ एलबिपी हुन्छ । लेवनानमा क्रिश्चियन र ईस्ल...

  • कुवेत कुवेत

    दक्षिणमा साउदी अरब, उत्तरमा ईराक र पूर्वमा ईरानसित जोडिएको कुवेत पेट्रोलियम पदार्थमा बिश्वकै धनी र प्रमुख तेल उत्पादक देश मध्येको एक हो । कुवेतले ९० प्रतिशत वैदेशिक व्यापार पेट्रोलियम पदार्थकै गर्छ । मरुभूमि धेरै भएको कुवेतमा गर्मी धेरै हुन्छ । राजतन्त्रात्मक मुलुक कुवेतको राजधानी कुवेत शहर (कुवेत सिटी) हो । शालिमया, जालेब आश शुयुख, हउल्ली कुवेतका अरु शहर हुन् ।  कुवेतको मुद्रालाई कुवेती दिनार भनिन्छ जसलाई संक्षिप्तमा केडी भन्ने गरिन्छ । एक केडि बरावर करीव ३ सय ५० रुपैयाँ हुन्छ । यो विनिमय...

  • मलेसिया मलेसिया

    पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ ।  मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो ।...

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान