MENU

समाचार

विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने

काठमाडौं, पुस २६ – वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदाता सम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले यो कुरा उठाएका हुन् ।

बैठकमा सांसद मदनकुमारी (गरिमा) शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पुर्‍याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरूलाई मतदान गर्न पाउने अधिकारबाट विमुख गर्न नहुने बताउनुभयो । सदस्य राजेन्द्रप्रसाद पाण्डेले विदेशमा रोजगारीमा रहेका युवालाई आफू रहेकै देशबाट मतदान गर्न पाउने अधिकार सुरक्षित गर्ने व्यवस्था विधेयकमा हुन आवश्यक छ भन्नुभयो । 

बैठकमा विवाह भएका महिलाको मतदाता नामावली उनीहरूले इच्छाएको ठाउँमा पार्न सजिलो व्यवस्था गर्नुपर्ने तथा दुई ठाउँबाट मतदाता नामावली कायम गरेको पाइएमा बसाइँसराइको प्रमाणपत्रको आधारमा पछिल्लो वा मतदाता इच्छाएको केन्द्रमा मतदाता नामावली राख्ने व्यवस्था मिलाउन पनि सांसदले सुझाव दिनुभएको थियो । खाडीलगायत मुलुकमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या ३५ लाखभन्दा बढी रहेको बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू