MENU

समाचार

मंगलबारकाे​ विदेशी मुद्राको विनिमय दर

मंगलबारकाे​ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, पुस २६ नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १ पैसा र विक्रिदर २९ रुपैयाँ १७ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र विक्रिदर ३० रुपैयाँ ५ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६३ पैसा र विक्रिदर २९ रुपैयाँ ७९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४४ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०२ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ६५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ २५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।