MENU

समाचार

​पृथ्वी जयन्तीलाई एकता दिवस मान्न युएईको दूतावासमा ज्ञापन पत्र

​पृथ्वी जयन्तीलाई एकता दिवस मान्न युएईको दूतावासमा ज्ञापन पत्र

युएई, पुस २६– राप्रपा नेपाल निकट प्रवासी नेपाली एकता समाज युएईले पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मान्यता दिन माग गरेकाे छ । युएईमा रहेको नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा राष्ट्रिय मान्यता दिन माग गरेको हो । 

कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रलाई एकताको सुत्रमा बाध्ने राष्ट्रपीताको रुपमा पृथ्वीनारायण शाहको सम्मानार्थ पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मान्यता दिन आग्रह गरेको छ । 

ज्ञापन पत्रमा टुक्रिएको बाइसे चौविसे राज्यलाई एकिकरण गर्ने काम गरेका शाहको महत्व अहिले पनि उत्तिकै रहेको भन्दै ज्ञापनपत्रमा नेपाल एकीकरण, राष्ट्र निर्माण प्रतिको देन, सुशासन तथा न्याय प्रणाली, बाह्य आक्रमण समेतलाई निस्तेज गरेर रास्ट्र बचाउन गरेको योगदानको मुल्याङ्कन हुनुपर्ने उल्लेख छ । 

समाजका अध्यक्ष शशी शिलवाल, महासचिव दिप्रशन प्रसाई सहितको टोलीलाई राजदुत टन्डनले ज्ञापन पत्र पररास्ट्र मन्त्रालय पठाउने जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।