MENU

समाचार

वैदेशिक रोजगारीमा गएका एक महिला सहित चारजनाको दुवईबाट उद्दार

वैदेशिक रोजगारीमा गएका एक महिला सहित चारजनाको दुवईबाट उद्दार

काठमाडौं, पुस २६- वैदेशिक रोजगारीका लागि दुवई गएका एक महिला सहित चारजनाको दुवईबाट उद्दार गरिएको छ । प्रहरी अपराध महाशाखाले  नवलपरासीको कावासोती ४ की  मालती मल्ल ठकुरी सहित चारजनाको उद्दार गरेको हो । 

नवलपरासीकै देउराली २ घर भई काठमाडौंको बसुन्धरा बस्ने प्रमकुमारी मल्लले आर्थिक प्रलोभनमा पारी मालतीलाई वैदेशिक रोजगारीका लागि पठाएकी थिइन् । विरामी हुँदा समेत नेपाल फर्किन नपाएकी मालतीलाई ओमन पुर्‍याउने तयारी भएको थाहा पाएपछि प्रहरीले नेपाली दूतावास युएई तथा अन्य संघसंस्थाको सहयोगमा नेपाल फर्काएको हो । 

यस्तै गएको असोजमा रोजगारीका लागि दुवई पुगेका महोत्तरीका तीन युवालाई पनि प्रहरीले उद्दार गरेको छ । महोत्तरीको साँढा ९ का विरेन्द्र सहनी, रविन्द्र सहनी र सरपल्लो गाविस २ का धमानी कुमार सहनीलाई प्रहरीले नेपाल फर्काएको हो । फाइभ स्टार होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेको तर भने अनुसारको काम नपाएको, तलब नदिएको, १४ घण्टा सम्म काम गर्नु परेको बिरामी हुँदा समेत धर नपाएको उनीहरुले गुनासो गरेका थिए । 

उनीहरुको ज्यान समेत खतरामा रहेको भन्दै संजयकुमार झाले प्रहरी अपराध महाशाखामा उद्दारका लागि निवेदन दिनुभएको थियो । प्रहरीले नेपाली दूतावास युएई तथा अन्य संघसंस्थाको सहयोगमा सोमबार नेपाल फर्काएको हो ।

  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परि अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिने तरीका। भिडियाे : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमअाइअार)