MENU

समाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सघाउने राजनीतिक दलको प्रतिबद्धता

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सघाउने राजनीतिक दलको प्रतिबद्धता

रिना श्रेष्ठ/सिन्धुपाल्चोक । 

सिन्धुपाल्चोक, पुस २७ – सिन्धुपाल्चोकका स्थानीय राजनीतिक दलका प्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार भएको अन्तर्क्रियामा सहभागी दलका प्रतिनिधिले आफ्नो पार्टीले गर्ने काम बारे किटान गरेर नभने पनि सुरक्षित बनाउन सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय राजनीतिक दलको भूमिका अभिवृद्धिका लागि गरिएको छलफलमा स्थानीय राजनीतिक दल, गैरसरकारी संस्था, जिल्ला परियोजना समन्वय समितिका पदाधिकारी र सहकारी संस्थाका प्रतिनिधि सहभागी थिए । 

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा जिल्ला विकास समितिको भवनमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा माले, अखण्ड नेपाल, जनमोर्चाका पार्टी प्रमुख एवं प्रतिनिधि र जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि सहभागी थिए ।

जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत एवं सामी परियोजनाका फोकल पर्सन राजुभाई श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा सामी/हेल्भेटासका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले सिन्धुपाल्चोकमा अहिलेसम्म गरिएका गतिविधिबारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला विकास समिति/सामी परियोजनाका संयोजक रिना श्रेष्ठले गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार