समाचार
दलाल ६० हजार लिएर कतार भागे
- Thursday, Jan 12, 2017
- 09:53 AM (1 year ago)
- Total Views: 3.5 K
दुर्गाप्रसाद भट्टराइ/सर्लाही ।
पुस २८ – अघिल्लो वर्ष वैशाख १२ गतेको भूकम्पले घर आधा भत्कायो । आधा भत्किएको घर फेरि बनाउने आँट छैन सर्लाहीको गौरीशंकर–२ का ७० वर्षका रामदेव रामसँग । ‘पैसा भएन न आँट हुने हो । पैसा नभएपछि कसरी आँट गर्नु’ रामदेवले समस्याको पोको खोल्नुभयो । रामका छोरा दिनेश रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो । छोराको कमाई घर खर्चमै ठिक्क हुने भएपछि रामदेवलाई घर कसरी बनाउने भन्ने चिन्ताले सताएको थियो ।
त्यही समस्याका बिचमा गाउँकै रामधारी भन्ने श्याम तक्माले छोरालाई विदेश पठाउने भए राम्रो काम र कमाईको माग आएको भन्दै लोभ देखाए । ‘समस्यामा परेका बेला त ढुङ्गा खोज्दा देउता मिले जस्तै हुँदो रहेछ’ रामदेवले श्यामलाई भेट्दाको अनुभव सुनाउनुभयो ।
श्यामलाई भेटेपछि निराश भएका रामदेवलाई केही आशा पलायो । छोरालाई विदेश पठाउन पाए घर बनाउन सकिन्थ्यो अनि अवस्था पनि सुध्रिन्थ्यो भन्ने सोच्नुभयो । त्यतिबेला दिनेश पनि घर आउनुभएको थियो । त्यही मौकामा रामदेवले छोरासँग पनि सल्लाह गर्नुभयो ।
श्यामले भनेको काम दिनेशले भारतको लुधियानामा गरिरहेकै काम थियो । दिनेश लुधियानामा कपडा सिलाउने काम गर्नुुहुन्थ्यो । आफ्नो र एजेण्टले भनेको काम मिलेपछि दिनेश विदेश जान तयार हुनुभयो । त्यसका लागि श्यामले ८५ हजार रुपैयाँ लाग्छ भनेका थिए । कुन देश भन्ने चाहिँ केही नबताए पनि श्यामले विदेशमा १२ सय भन्दा धेरै तलब र गर्न सकेजति ओभरटाइम पाइने आश्वासन दिए । अवसर राम्रो जस्तो लागे पनि दैनिक ज्याला मजदुरीले घर चलाउँदै आएका रामदेवसँग पैसा थिएन ।
त्यसैले श्यामसँग पैसा केही दिनमा जुटाएर दिने भन्दै तत्काललाई पासपोर्ट राखेर प्रक्रिया सुरु गर्न आग्रह गर्नुभयो तर श्यामले कुरै सुनेनन् । श्यामले पासपोर्टसँगै ६० हजार रुपैयाँ दिए मात्रै प्रक्रिया अघि बढ्ने बताए ।
श्यामको जवाफपछि रामदेवले हरिपुरवा–६ का दिनकर रायसँग महिनाको १८ सय ब्याज दिने सर्तमा ६० हजार ऋण लिनुभयो र श्यामलाई दिनुभयो । बुवाले पैसा दिँदा बेलामा दिनेश लुधियानामै हुनुहुन्थ्यो । त्यसैले रामदेवले पैसा बुझाएपछि विदेश जाने पक्का भएको भन्दै दिनेशलाई घर बोलाउनुभयो ।
पैसा हात पारेपछि भने श्यामले आज भन्दै, भोलि भन्दै आलटाल गर्न थाले । आठ महिनासम्म पनि छोरा विदेश जान नपाएपछि रामदेवले पठाउन नसक्ने भए पैसा र पासपोर्ट फिर्ता दिन भन्नुभयो ।
‘त्यतिबेला उसले काका तपाईंलाई मेरो विश्वास नलागेको भए मैले ६० हजार लिएपनि २ लाख ४० हजारको भरपाई बनाई दिन्छु भन्दै गाउँका केही मान्छे बेलाएर तमसुक पनि बनाइदियो’ रामदेवले सुनाउनुभयो । ६० हजार रुपैयाँ लिएको व्यक्तिले २ लाख ४० हजार रुपैयाँको तमसुक बनाइदिएपछि भने रामदेवलाई पठाइदिन्छ होला भन्ने आशा लाग्यो ।
श्यामले यस्तो आश्वासन दिएको केही समयपछि मधेस आन्दोलन सुरु भयो । हिजोसम्म अरु कुरा गरेर झुलाइरहेका श्यामले त्यसपछि भने आन्दोलनकै कारणले काम भएको छैन भन्दै ढाँटिरहे । श्यामलाई फोन गर्दा ‘सबै काम पूरा भएको छ, बन्द खुले लगतै पठाइदिन्छु’ भन्न थाले । रामदेवका बाउछोरा उनकै कुरा पत्याएर बसे । तर उड्ने दिन आएन । बन्द खुलिसक्दा पनि सम्पर्क नगरेपछि रामदेव उसकै घरमा पुग्नुभयो । तर त्यति बेलासम्ममा श्याम कतार पुगिसकेका थिए । ‘त्यसपछि त आत्तिनु र निराश हुनु बाहेक के बाँकी रह्यो र’ रामदेव भन्नुहुन्छ ।
ऋण दिनेले भने विदेश पठाइदिन्छु भन्ने व्यक्ति पासपोर्ट र पैसा भागेको सुईँको पाए । त्यसपछि समस्यामा परेका बेला आड भरोसा दिनुको साटो पैसा फिर्ता माग्न थाल्यो । दिनैपिच्छे किचकिच गर्न थालेपछि सहन नसकेका रामदेवले डुमरियाका राधेश्याम ठाकुर सँग ८५ हजार सय कडा तीन रुपैयाँका दरले ऋण लिनुभयो र दिनकर रायलाई बुझाउनुभयो ।
श्याम विदेश गएपनि उनका बुवा अनि श्रीमती घरमै थिए । त्यसैले परिवारलाई भनेर भएपनि पैसा फिर्ता सकिने आशमा उनीहरुलाई पनि गुहार्नुभयो रामदेवले । तर श्यामका बुवाले उ आफूहरुसँग छुट्टिइसकेको भन्दै छोराको बारेमा केही थाहा नभएको बताए ।
अनि श्यामकी श्रीमतीले चाहिँ विदेशबाट पैसा मगाएर दिने बताइन् । तर उनले वचन दिएको तीन वर्ष पुग्न लाग्दा पनि रामदेवले पैसा फिर्ता पाउनुभएको छैन ।
केही हुन्छ कि भनेर उहाँ हरिऔनमा सूचना केन्द्रमा पनि पुग्नुभयो । सूचना केन्द्रले विदेश पठाई दिने भनेर पैसा लिएर नपठाए आधा पैसा थपेर फिर्ता दिनुपर्ने कानुनी प्रावधान रहेको जानकारी दियो ।
त्यसले केही आशा जागेपछि श्यामका बारेमा उजुरी लिएर रामदेव प्रहरी चौकी पनि पुग्नुभयो तर प्रहरीले पैसा लिने व्यक्ति नभएसम्म केही गर्न नसकिने भन्दै भएका कागजपत्र जतन गरेर राख्न सुझाव दियो ।
तर दिनेशका बाउछोरासँग पासपोर्ट पनि छैन । त्यसैले कानुनले केही सहयोग गरे ऋणबाट मुक्ति पाइन्थ्यो कि भन्ने आशा छ, दिनेश र उहाँका बुवा रामदेवको ।
विशेष
समाचार
-
दिनमै २ हजार कमाउन थालेपछि विदेशको मोह हट्यो
काठमाडौं, वैशाख १० – गाउँ घरकै कामले महिनामा ५० हजार रुपैयाँ भन्दा धेरै चोखो कमाई हुन थालेपछि घिमिरेलाई आफ्नै ठाउँ स्वर्ग जस्तै लाग्न थालेको छ । कमाइले दङ्ग घिमिरे आगामी दिनमा यसलाई बढाएर लाने सोचमा हुनुहुन्छ ।
-
नवलपरासीबाट विदेश गएका १५ सय भन्दा धेरै समस्यामा
नवलपरासी, वैशाख १० – गएको चार वर्षमा नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १५ सयभन्दा धेरै समस्यामा परेका छन् ।
-
युवा सांसद् र अधिकारकर्मी मलेसियामा, संघसंस्थाका प्रतिनिधि तथा कामदारसित छलफल
वैशाख १० – दलालको प्रलोभनमा परेर कतिपय नेपाली कामदार अवैधानिक हैसियतमा काम गरिरहेका नेपाली दूतावास मलेसियाले जनाएको छ ।
-
कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हाम स्थिर
काठमाडौं, वैशाख १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
फोनको खर्च कटाएँ, दक्षिणाको पैसा पनि बचाएँ मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्यो । घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ । श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन । चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वित्तीय साक्षरताका कक्षा सञ्चालन... पुरा पढ्नुहोस
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस