MENU

समाचार

१० वर्षभित्र युवालाई स्वदेश मै रोजगारी – उद्योग मन्त्री

भक्तपुर, पुस २८ – उद्योग मन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेश मै रोजगारीको सिर्जना गर्ने गरी सरकारले काम गरिहेको बताउनु भएको छ ।

बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेश्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उहाँले उद्योगको विकासले मात्रै अहिले देखा परेको रोजगारीको चुनौतीलाई चिर्न सक्ने बताउनुभयो ।

देशमा राम्रा योजना आए पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री जोशीले देशको विकासका लागि सबै एक जुट हुनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सांसदहरु रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, अनुराधार थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०७४०७५ का लागि १९ करोड ४५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

कतारको अल्दफ्नामा एकै कम्पनीमा कार्यरत बिस नेपाली युवाको सुत्ने कोठा। तस्बिरः ‌ओम पराजुली/ कतार