MENU

समाचार

​मलेसियामा कार्यरत नेपाली कामदारको उपचारमा दूतावासले सहयोग गर्ने

​मलेसियामा कार्यरत नेपाली कामदारको उपचारमा दूतावासले सहयोग गर्ने

वैशाख ५ – उपचारका क्रममा नेपाली कामदारको अस्पतालमा फर्स्याैट हुन नसकेका बिलको क्षतिपूर्तिका लागि मलेसियास्थित नेपाली दूतावासले सहयोग गर्ने भएको छ । 

वैधानिक रुपमा काम गरिरहेको भए उनीहरुको उपचार खर्च बिमा कम्पनीले तिर्नेछ । बिमा कम्पनीले तिर्ने भन्दा पनि बढी रकम भएमा दूतावासले अस्पताललाई रकम मिनाहा गरिदिनका लागि अनुरोध गर्ने दूतावासका द्वितीय सचिव प्रेमराज गौतमले बताउनु भयो ।

बिरामी अवैधानिक भएमा उनका आफन्तलाई जानकारी गराइने छ । उपचार खर्च बिमाबाट जति बढी उठेको छ त्यो पैसा आफन्तलाई तिर्न लगाएर अस्पतालबाट डिस्र्चाज भएपछि नेपाल फर्काइने छ । दूतावासले यो पैसा भने नतिर्ने द्वितीय सचिव गौतमले बताउनु भयो । 

गएको हप्ता मलेसियन स्वास्थ्य मन्त्रालयले त्यहाँको सरकारी अस्पतालमा उपचार गराउन विदेशी कामदारले धेरै रकम पहिले नै धरौटी राख्नु पर्ने नियम ल्याएको छ । नयाँ नियम लागु भए पछि अस्पतालले फर्स्याैट हुन बाँकी कामदारको विवरण सहित बिल फर्स्याैटका लागि अनुरोध गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान