MENU

समाचार

साउदीको आम माफी प्रभावकारी बन्दै, १० लाख जना सहभागी हुने अनुमान

साउदीको आम माफी प्रभावकारी बन्दै, १० लाख जना सहभागी हुने अनुमान

वैशाख ६ – साउदीले आम माफी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जनाएको छ ।

गएको मार्च २९ अर्थात चैत १६ गतेदेखि तीन महिनासम्म साउदी सरकारले अवैधानिक रुपमा रहेकाहरुलाई आम माफी दिएको छ । प्रभावकारी भनिए पनि झण्डै एक महिनाको अवधिमा कति आप्रवासी आम माफी प्रक्रियामा सामेल भए भन्ने खुलाइएको छैन् । 

अभियानमा झण्डै १० लाख अवैधानिक आप्रवासी सहभागी हुने अनुमान गरिएको साउदीको श्रम मन्त्रालयका निर्देशक टुर्की अल मनेअले बताउनु भयो ।

यस अघि सन् २०१३ मा पनि अवैधानिक आप्रवासीका लागि ९ महिने आम माफी दिएको थियो । त्यस अवधीमा भण्डै ५५ लाख अवैधानिक आप्रवासी घर फर्किएका थिए । त्यस्तै झण्डै तीस लाख जना वैधानिक बनेका थिए । 

साउदी सरकारले अवैधानिक आप्रवासीलाई आम माफी अभियानबाट फाइदा लिन आग्रह पनि गरेको छ ।

चैत ६ गते अघि अवैध रुपमा साउदी पुगेका, परिचय पत्र नभएका वा नवीकरण नभएका, भिजिट भिसा वा धार्मिक भ्रमणको लागि साउदी गएर त्यही बसेका, कम्पनी छाडेर भागेका र रोजगारदाताले भागेको भनी प्रहरीमा खबर गरेकाहरु यो प्रक्रियामा सहभागी हुन पाउने छन् ।

आममाफी प्रक्रियामा सहभागी भएर फर्किएकाहरु फेरि वैधानिक रुपमा साउदी फर्किन पाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान