MENU

समाचार

वैदेशिक राेजगारीमा पठाइदिने नाममा मानव अङ्ग बेचबिखन

काठमाडाैं, वैशाख ७ – पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानव अङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ । 

बिहीबार जनअधिकार संरक्षण मञ्च नेपालले काठमाडाैंमा आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तरक्रियामा वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो । 

प्रहरी उपरीक्षक किरण बज्राचार्यले आपराधिक गिरोहले गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, निःशुल्क रक्त परीक्षण गर्ने बहानामा व्यक्तिको विवरण तयार पारी फेरि अर्को समूहमार्फत मिर्गौला बिक्रीका लागि सहमत गराउने गरेको अनुसन्धानले देखाएको बताउनुभयो । 

नेपाल प्रहरीमा आव २०७१/७२ मा एक सय ८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२/७३ मा वृद्धि भई दुई सय १८ पुगेको जानकारी दिएको थियो । 

उहाँले काभ्रेपलाञ्चाेक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत विभिन्न प्रलोभनमा परी बेचबिखनमा परेको जानकारी दिनुभयो । 

भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेको भए पनि सोहीअनुसार प्रहरीमा उजुरी नपरेको बज्राचार्यले बताउनुभयो । 

नेपालले एक सय १० मुलुकमा श्रमका लागि जान स्वीकृति दिनसक्ने व्यवस्थाका कारण बेचबिखनका गिरोहले नयाँ नयाँ देशका लागि नयाँ बाटोमार्फत लैजाने गरेको पाइएको छ । 

प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाउने गरेको भए पनि यसका मुख्य एजेन्ट फेला नपर्दा नियन्त्रण गर्न नसकिएको बताइएको छ ।

यस्तो कसुर गरेमा प्रचलित कानुन बाहेक १० वर्ष कैद र २० हजार देखि ५० हजारसम्म जरिवाना, पीडितलाई कसुरदार भएको जरिमानाको ५० प्रतिशत रकम नकट्ने गरी क्षतिपूर्ति र कसुरदारको आर्थिक अवस्था कमजोर भएको खण्डमा अदालतले राज्यको पुनःस्थापना कोषबाट पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने कानुनी प्रावधान रहेको छ । 

जनअधिकार संरक्षण मञ्च नेपालका निर्देशक सतिश शर्माले काभ्रेपलाञ्चोक सहित नौ जिल्लामा गरेको अनुसन्धान अनुसार ३६ जना गाउँलेको मिर्गौला बिक्री भएको बताउनुभयो । 

‘‘धेरै व्यक्तिले आर्थिक अभाव, दुव्र्यसनी, समुन्नत जीवनको चाहना, ललाइफकाइमा परेर, स्वस्थ रहन एउटै मिर्गौला भए पनि हुन्छ भन्ने मानसिकता, फेरि मिर्गौला पलाउँछ भन्ने भ्रम र घरजग्गा पाउने आशामा धेरैले आफ्नो मिर्गौला बेचेको बताएका थिए’’ उहाँले भन्नुभयो । 

अहिलेसम्म मिर्गौला बेचबिखनका पीडितको यकिन तथ्याङ्क नभए पनि काभे्रपलाञ्चोकमा मात्रै तीन सय भन्दा बढी पीडित रहेको अनुमान छ । सिन्धुपाल्चोक, काठमाडौँ, गोरखालगायतका जिल्लामा पनि पीडित रहेको प्रहरीको भनाइ छ । 

शर्माका अनुसार उनीहरूलाई तीन लाखदेखि पाँच लाखसम्मको लोभ देखाइएको भए पनि ५० हजारदेखि एक लाख रुपैयाँसम्म उपलब्ध गराइएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स