MENU

समाचार

​मलेसियामाबाट १८ नेपालीको उद्धार, हत्या आरोपमा जेल परेका लालबहादुर निर्दोष

​मलेसियामाबाट १८ नेपालीको उद्धार, हत्या आरोपमा जेल परेका लालबहादुर निर्दोष

काठमाडौं, वैशाख ८– मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ । 

सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ । सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ । 

यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ । गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

तस्विर

केप आरबी हिल्टन, साउदी अरेबियामा स्काफोल्डिङ्को काम गर्दै नेपाली कामदार। तस्बिरः अर्जुन गिरी / साउदी अरेबिया