MENU

समाचार

​साउदी रियालको मूल्य स्थिर, रिंगिट, दिर्हामको मूल्य बढ्यो

​साउदी रियालको मूल्य स्थिर, रिंगिट, दिर्हामको मूल्य बढ्यो

काठमाडौं, वैशाख ८ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४८ पैसा र विक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र विक्रिदर २३ रुपैयाँ ५७ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ४२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ४१ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।