MENU

समाचार

साउदीको खब्जी क्षेत्रमा आम माफीको सेवा उपलब्ध गराउन दूतावासका कर्मचारी पुग्ने

वैशाख ८ – साउदी अरबको पूर्वी क्षेत्र खब्जी र आसपासमा अवैधानिक रुपमा बसेका कामदारलाई सघाउन नेपाली दूतावासका कर्मचारी त्यस क्षेत्रमा जाने भएका छन् । 

आम माफीको अवसरमा दूतावासले दिने सेवा उपलब्ध गराउन दूतावासका कर्मचारी आउँदो अप्रिल २३ तारिख अर्थात वैशाख १० गते त्यहाँ पुग्ने दूतावासले जनाएको छ । 

त्यस क्षेत्रमा बस्ने गैरकानुनी नेपाली कामदारलाई फोन नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । गएको मार्च २९ अर्थात चैत १६ गतेदेखि तीन महिनासम्म साउदी सरकारले अवैधानिक रुपमा रहेकाहरुलाई आम माफी दिएको छ ।

चैत ६ गते अघि अवैध रुपमा साउदी पुगेका, परिचय पत्र नभएका वा नवीकरण नभएका, भिजिट भिसा वा धार्मिक भ्रमणको लागि साउदी गएर त्यही बसेका, कम्पनी छाडेर भागेका र रोजगारदाताले भागेको भनी प्रहरीमा खबर गरेकाहरु यो प्रक्रियामा सहभागी हुन पाउने छन् ।

आममाफी प्रक्रियामा सहभागी भएर फर्किएकाहरु फेरि वैधानिक रुपमा साउदी फर्किन पाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।