MENU

समाचार

राष्ट्रपति भण्डारी आबुधाबीमा, आजै नेपाल फर्कने

असार ४ – युएई स्थित नेपाली दूतावासको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेको छ ।

स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी भएर फर्किने क्रममा आइतबार बिहान आबुधावीमा उहाँलाई दूतावासका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र द्वितीय सचिव कृष्ण अर्यालले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारी आइएलओको १०६ औं सेसन अन्तर्गतको अलग्गै बैठक ‘वल्र्ड अफ वर्क समिट’ मा सहभागी हुन गएको मंगलबार स्विट्जरल्यान्डको जेनेभा जानु भएको थियो । उहाँ आइतबार दिउँसो ४ बजे इतिहाद एयरवेज मार्फत नेपाल फर्किनुहुने छ ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

  • ओमानमा रहेको नेपाली दूतावासको शेल्टरमा १७ जना महिला, दसैँमा राजदूतद्वारा टीका तिहारमा सेलरोटी

    उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ – राम्रो काम र दाम पाउने आशामा दुबई पुगेका १७ जना महिला अहिले ओमानमा रहेको नेपाली दूतावासको शरणमा छन् । ओमानको मस्कटमा रहेको नेपाली दूतावासको सुरक्षित आवास गृहमा रहेका १७ महिलाहरु अवैधानिक रुपमा ओमान पुगेका हुन् ।

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।