समाचार
कोरिया एकता समाजद्वारा १२ लाख रुपैयाँ सहयाेग
- Friday, Jul 14, 2017
- 17:08 PM (9 months ago)
- Total Views: 2.8 K
विराटनगर, असार ३० – दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ ।
डेउ कम्पनीमा कार्यरत विराटनगर ३ बस्ने उमेशचन्द्र पौडेलको गएको वैशाख २३ गते ज्यान गएको थियो । समाजले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर पौडेलकी ६ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि ११ लाख ६४ हजार ३४८ रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे हाे ।
सहयोग रकम समाजका सचिव चन्द्र सम्बाहाम्फेले विराटनगरस्थित नेपाल बैंक लिमिटेडमा रकम जम्मा गरी भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभयो । डेउ कम्पनीमा एक हजार नेपाली कार्यरत छन् ।
विशेष
समाचार
-
कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हाम स्थिर
काठमाडौं, वैशाख १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
-
आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
काठमाडौं, वैशाख ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
-
वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
काठमाडौं, वैशाख ८ – वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस