MENU

समाचार

म्यानपावर व्यवस्थित गर्न सुझाव

झापा, असार ३० – म्यानपावर व्यवसायलाई व्यवस्थित गर्न सरकार र व्यवसायी दुवै लाग्नु पर्ने विभिन्न क्षेत्रमा कार्यरतहरुले सुझाव दिएका छन् । 

बिर्तामोडमा शुक्रबार आयोजित ‘म्यानपावर व्यवसाय र चुनौती’ विषायक अन्तरक्रियाका सहभागीले राज्यले ऐन कानुन बनाउनुपर्ने तथा व्यवसायीले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले १० वर्ष अघिको भन्दा अहिले मेनपावार व्यवसाय धेरै मर्यादित भइसकेको बताउनुभयो । “पहिला ठग्ने उद्देश्यले मेनपावर सञ्चालन गरेको पाइन्थ्यो, अहिले व्यवसायीको सकारात्मक प्रयासले व्यवस्थित बन्दै गएको छ,” उहाँले भन्नुभयो । 

शाखाका उपाध्यक्ष एकराज गिरीले दुई सयभन्दा बढी मेनपावर कार्यालय रहेको जिल्लामा कतिपय मापदण्डविपरीत सञ्चालन भइरहेकाले त्यसको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । विदेशमा नेपाली नागरिक बिचल्लीमा परेपनि राज्य र मेनपावर व्यवसायी जवाफदेही नहुँदा समस्या हुने गरेको बताउनुभयो । 

बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले मेनपावर व्यवसाय व्यवस्थित बन्न नसक्दा नकारात्मक सन्देश गएको बताउनुभयो । 

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जनताको जीवनस्तर उकास्न वैदेशिक रोजगारको महत्पूर्ण योगदान भएको बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक धनबहादुर पन्धाकले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले धानेको भए पनि राज्यले यसलाई गम्भीरताका साथ नहेरेको आरोप लगाउनुभयो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।