MENU

समाचार

​नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ कार्यसमिति

काठमाडौं, असार ३१ – रोहन गुरुङको नेतृत्वमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । उहाँ ४ सय ३४ मतसहित संघको अध्यक्षमा चुनिनुभएको हो । 

प्रतिस्पर्धी विमल ढकाललाई ९४ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । काठमाडौंमा शुक्रबार सुरु २५ औं साधारणसभाले दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा रोहन गुरुङ  समूहका उम्मेदवार विजयी भएका छन् । 

कोषाध्यक्षमा भने ढकाल समूहकी राधिका कटुवाल विजयी हुनुभयो । ढकाल निवर्तमान कार्यसमितिका अध्यक्ष र गुरुङ महासचिव हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।