MENU

समाचार

नबोदित कृति अवार्ड बिनोदको ओलालाई, भानुु र प्रेमलाई सर्जक सम्मान

नबोदित कृति अवार्ड बिनोदको ओलालाई, भानुु र प्रेमलाई सर्जक सम्मान

दिपक पुुडासैनी/कतार । 

असार ३१- हरेक दुुई दुुई बर्षमा प्रदान गरिने नबोदित कृति अवार्ड यस वर्ष बिनोद खड्काको नियात्रा संग्रह ओलाले पाएको छ । कतारको दोहामा भएको कार्यक्रममा यस ६ वटा प्रतिस्पर्धी पुुस्तकलाई पछि पार्दै ओलाले अवार्ड पाएको हो । 

नबोदित साहित्यीक वाचनालय कतारले पुुस्तक प्रकाशन गर्ने सर्जकहरुलाई अवार्डका लागि छनोटको जिम्मा दिएको थियो । 

नियात्रा संग्रह ओलामा लेखकले घुुमेका ६ महादेशका २९ देशका ५० भन्दा बढी शहरमा  देखेका भोगेका र अनुुभब गरेका झण्डै ४ दर्जन अनुुभबहरु समेटीएका छन् ।

सर्जक सम्मान भानुु र प्रेमलाई

कतारमा बसेर निरन्तर साहित्यमा आफुुलाई समर्पित गर्नेहरु मध्धेबाट २ जनालाई सर्जक सम्मान २०७४ ले सम्मानित गरिएको छ । यसरी सम्मानित हुुनेहरुमा सर्जक भानुु सुनुुवार र प्रेम प्रसाद भट्राई रहेका छन्  

अन्तराष्ट्रिय साहित्य समाज कतार शाखा र नबोदित साहित्यिक वाचनालय कतारले उक्त सम्मान गरेको हो ।

यसैबिच आदिकवि भानुुभक्त आचार्यको २०३ औं जन्म जयन्तिको अबसरमा अन्तराष्ट्रिय साहित्य समाज कतार शाखा तथा नबोदित साहित्यिक वाचनालय कतारले अनेसास नबोदित साहित्यीक वाचन श्रृंखलाको ७१ औ डबली दोहामा सम्पन्न गरेको छ । 

नबोदित साहित्यीक बाचनालय कतारका अध्यक्ष सिताराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिकवि भानुुभक्तको बारेमा परिचय प्रस्तुुत गरिएको थियो । कार्यक्रममा डेड दर्जन भन्दा बढी सर्जकहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । कतारमा स्थापित बिभिन्न संघ संस्थाका प्रतिनिधिले भाषिक रुपमा नेपाललाई एकताको शुुत्रमा बाँध्ने आदिकविको मुुक्तकण्ठले प्रसंसा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।