MENU

समाचार

कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्ने

कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्ने

काठमाडौं, साउन १ - दक्षिण कोरियामा कामदारको तलव १६ दशमलव ४ प्रतिशत बढ्ने भएको छ । सन् २०१८ को जनवरीबाट लागु हुने गरि कामदारको तलव बढाउन ज्याला निर्धारण समितिले सिफारिस गरेको त्यहाँको सञ्चारमाध्यम योन्हाप न्युजले जनाएको छ । 

अहिले प्रतिघण्टा ६ हजार ४ सय ७० वन रहेकोमा जनवरिबाट ७ हजार ५ सय २० वन पुग्नेछ । तीन महिनाको छलफल पछि समितिले तलव निर्धारण गरेको हो । मजदुरका प्रतिनिधिले १० हजार वन बनाउनु पर्ने माग गरेका छन् । कोरियाका राष्ट्रपतिले २०२२ सम्ममा मात्रै न्युनतम तलब १० हजार वन पु¥याउने प्रतिवद्दता जनाउनुभएको छ । 

निर्धारित तलवको विषयमा सरकारको आधिकारीक धारणा आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।