MENU

समाचार

मलेसियन नागरिकले नेपालमै आएर ठगे एक करोड २५ लाख

काठमाडौं, भदौ २७ - नेपालीलाई रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै मलेसियन नागरिकले १ करोड २५ लाख रुपैयाँ ठगेका छन् । ४३ वर्षका रामादास बासकारादासलाई ठमेलबाट प्रहरी अपराध महाशाखाले पक्रेको छ । नेपालमा एफपी एजुकेशन कन्सलछेन्सी प्रािलका चुन्टी लामा लगायत ११ जना विद्यार्थीबाट रामादासले १ करोड २५ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । 

मलेसियन नागरिक सहितका तीन जनाले चाबहिलस्थित मेडिसन होटल एण्ड ट्रेनिङ सेन्टरमा कन्सलटेन्सी तथा विद्यार्थीलाई सहभागी गराएर सेमिनार समेत गरेका थिए ।

अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर एकेडेमी कलेजमा अध्ययन गर्न सबै प्रक्रिया पूरा नगरे पनि  पठाइदिने आश्वसन दिएका थिए । हप्तामा १ दिन कक्षा लिँदा हुने, हप्तामा ६ दिन अन्य काम गर्न पाइने र त्यसको ग्यारेन्टि आफूहरुले लिने आश्वसन दिएका थिए । 

प्रत्येक विद्यार्थीलाई नेपालस्थित बैंक खाताबाट अष्ट्रेलियन नागरिक रभिन्द्रको खाता नम्बर ०१६४९९ मा रकम जम्मा गर्न लगाएका थिए । फर्जि कागजात तयार गरेर पठाउने गरेको समेत खुलेपछि महाशाखाले नेपाल आएका बेला रामादासलाई पक्रेको हो ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।