MENU

समाचार

युक्रेनमा नेपाली अलपत्र पार्ने भारतीय दलाल पक्राउ

काठमाडौं, भदौ २७ – वैदेशिक रोजगारीका लागि युक्रेन पठाइदिन्छु भन्दै नेपालीलाई अलपत्र पार्ने भारतीय दलाललाई प्रहरीले पक्रेको छ । भारतको देहरादुनका २८ वर्षे सुरजलाल जोशीलाई प्रहरी अपराध महाशाखाले पक्रेको हो । काठमाडौंको हाँडीगाउँमा बसेर नेपाली ठगेपछि उनी प्रहरीको फन्दामा परेका हुन् । 

सुरजलालले दाङको धनौरीका बसन्त बस्नेत र दंगीशरणका कमल ओलीलाई आकर्षक रोजगारीका लागि मस्को पुर्‍याउने प्रलोभनमा पारेर १० लाख ७० हजार रुपैयाँका दरले रकम लिएका थिए । 

२०७३ सालको जेठ २१ गते भारतको दिल्लीहुँदै अर्का भारतीय दलालको सहयोगमा मस्कोबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पु¥याएर अलपत्र पारेका थिए । ६ महिनापछि फर्किएका पीडितले प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए । महाशाखाले सुरजलाललाई टेकुबाट पक्रेर थप कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकू पठाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।