MENU

समाचार

​उजुरी फरफारक गर्न म्यानपावरलाई विभागको एक महिने ‘अल्टिमेटम’

​उजुरी फरफारक गर्न म्यानपावरलाई विभागको एक महिने ‘अल्टिमेटम’

काठमाडौं, भदौ २७- वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई एक महिनाभित्रमा उजुरी फरफारक गर्न ‘अल्टिमेटम’ दिएको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुरको निर्देशन पछि विभागले म्यानपावरलाई ताकेता गरेको हो ।

इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई आफ्नो संस्थाविरुद्ध परेका उजुरी ३० दिनभित्रमा फरफारक गर्न भनिएको छ । विभागले आफ्नो म्यानपावरबाट पीडित झिकाएर विभागमा आउन भनेको छ ।

विभागले आफ्नो म्यानपावर विरुद्ध परेका उजुरीको उचित सम्वोधन नभए कारोबार रोक्का गरिदिने चेतावनी समेत दिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले भने विभागले भनेजस्ता उजुरी व्यवसायी विरुद्ध नरहेपनि विभागले एकतर्फि पेल्न खोजेको बताउनुभयो । विभागमा २३ सय उजुरी रहेपनि ती सामान्य खालका भएको गेलालकाे भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।