MENU

समाचार

​रिंगिट र कुवेती दिनारको मूल्य बढ्यो, कोरियन वन, दिर्हाम र रियाल पनि उकालो लाग्दै

​रिंगिट र कुवेती दिनारको मूल्य बढ्यो, कोरियन वन, दिर्हाम र रियाल पनि उकालो लाग्दै

काठमाडौं, कात्तिक २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६७ पैसा र विक्रिदर २८ रुपैयाँ ८३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९० पैसा र विक्रिदर २५ रुपैयाँ ०५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र विक्रिदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९४ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ २१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ८० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।