MENU

समाचार

​नेपाल एयरलाइन्सले युएईका १० ट्राभल एजेन्सीलाई सम्मान गर्‍यो

​नेपाल एयरलाइन्सले युएईका १० ट्राभल एजेन्सीलाई सम्मान गर्‍यो

कात्तिक २८ – नेपाल एयरलाइन्सले युएईका १० वटा ट्राभल एजेन्सीलाई सम्मान गरेको छ । एयरलाइन्सले दुवईमा पुनः उडान सुरु गरेको १ वर्षमा बढी टिकट बिक्री वितरण गरेका १० एजेन्सीलाई अवार्डसहित समान गरेको हो । 

एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंशकारको प्रमुख आतिथ्यता तथा एयरलाइन्सको अर्थ विभागकी उपनिर्देशक अर्चना खड्का, एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा, युएईका लागि फाइनान्स म्यानेजर नरेश यादवलगायत एयरलाइन्सका युएईमा खटिएका सम्पूर्ण कर्मचारीको उपस्थितीमा १० एजेन्सीलाई अवार्ड वितरण गरिएको हो । 

उत्कृष्ट १० मध्ये अकबार ट्राभल्स इन्डिया एलएलसी, डानट र नमस्ते ट्राभल एन्ड टुरिजम एलएलसी उत्कृष्ट तीनमा परेका छन । त्यस्तै बाँकी सात एजेन्सीहरुलाई उत्कृष्ट पर्फमेन्स अवार्ड प्रदान गरिएको छ । 

त्यसरी उत्कृष्ट पफर्मेन्स अवार्डबाट सम्मानित हुनेमा डेरा ट्राभल्स, गोल्डेन एभरेस्ट, ग्रीनलाइन, ओरेन्ट, सतगुरु, सारजाह नेसनल, र टिम ट्राभल्स रहेका छन । एयरलाइन्सको जीएसए सपोर्ट अवार्ड अन्टा ट्राभलले पाएको छ । उत्कृष्ट १० मध्ये तीन वटा ट्राभल एजेन्सी नेपालीकै लगानीमा सन्चालित हुन् । 

हप्तामा चार दिन उडान भर्दै आएको दुवई–काठमाडाैं रुटमा १ वर्षमा एयरलाइन्सले २५ हजार यात्रु बोकेको एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो । आउँदो वर्ष नयाँ जहाज ल्याएर काठमाण्डौ–दुवई रुटमा दैनिक उडान भर्ने योजना एयरलाइन्सले राखेको छ ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।