MENU

समाचार

​दुवईमा नेपालीको ग्याङ फाइट, बाटोमा हिँडिरहेका नेपाली पत्रकारमाथि पनि आक्रमण

​दुवईमा नेपालीको ग्याङ फाइट, बाटोमा हिँडिरहेका नेपाली पत्रकारमाथि पनि आक्रमण

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, पुस १५ – युएईको दुवईमा नेपाली पत्रकारमाथि आक्रमण भएको छ । दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै बाटोमा हिँडिरहेका पत्रकार पृथीछक बुढामगरमाथि परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो ।

अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो । आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारीसहितको उजुरी दिएको पत्रकार बुढामगरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

लामो समय युएईमा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा लेखक बुढामगर यसै साता विदामा नेपाल फर्किंदै हुनुहुन्थ्यो । शुक्रबार पार्क घुमेर नजिकै रहेको क्यारिफोरमा सामान किनेर फर्किंदै गर्दा उहाँमाथि आक्रमण भएको हो । 

शुक्रबार बेलुकी नै बरदुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट भएको छ । अघिल्लो हप्ता पनि त्यही ठाउँमा पत्रकारमाथि आक्रमण भएको थियो । पछिल्लो समय बरदुबईको सार्वजनिक ठाउँमा रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको छ । 

आफूले लेखेको उपन्यास ‘बुलबुल’ प्रकाशनका लागि नेपाल फर्किन लागेका बुढामगरमाथि भएको आक्रमण प्रति जनप्रगतिशिल मोर्चा, मगर संघ, पत्रकार महासंघ युएईलगायतले बिरोध गरेका छन ।

उनीहरुले बरदुबई क्षेत्रका पार्कहरुमा नेपालीका अवैधानिक गतिविधि बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । त्यसका लागि नेपाली दूतावासले कडाइ गर्नुका साथै चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।