MENU

समाचार

इलाममा ६ वर्षमा ५६ हजार भन्दा बढीले राहदानी बनाए

पुस १८ – इलाममा ६ वर्षमा ५६ हजार भन्दा बढीले राहदानी बनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २०६८ सालदेखि अहिलेसम्म ५६ हजार ९७४ जनाले राहदानी बनाएका हुन् । राहदानी बनाउनेमध्ये ३६ हजार ६३५ जनाले सामान्य प्रक्रियामार्फत राहदानी बनाएका छन् । त्यस्तै २० हजार ३३९ जनाले द्रूत सेवा (फास्ट ट्रयाक)बाट राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा पाँच हजार ७४ जनाले राहदानी बनाएका थिए । चालु आवको अहिलेसम्म राहदानी बनाउनेको संख्या दुई हजार ३३२ जना पुगेको छ । राहदानी बनाउनेमध्ये एक हजार ६२८ जना पुरुष छन् भने ७०४ जना महिला रहेका छन् । 

राहादानीबाट गएको आवमा दुई करोड ६३ लाख ५७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । यस आवमा भने एक करोड २१ लाख ९५ हजार राजश्व संकलन भएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।