MENU

समाचार

रियाल र कुवेती दिनारको मूल्य घट्यो

रियाल र कुवेती दिनारको मूल्य घट्यो

काठमाडौं, पुस १९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ र विक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १९ पैसा र विक्रिदर २५ रुपैयाँ ३४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३५ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर ३ सय ३७ रुपैयाँ ९८ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।