MENU

समाचार

इलाम सूर्योदय सेवा समाजद्वारा उपचारका लागि आर्थिक सहयोग

इलाम सूर्योदय सेवा समाजद्वारा उपचारका लागि आर्थिक सहयोग

पुस १९ – इलाम सूर्योदय सेवा समाजले इलाम नगरपालिका ५ की बिमला बिकलाई उपचारका लागि नौ लाख ३० हजार वन (झण्डै ९० हजार रुपैयाँ) सहयोग गरेको छ । 

बिमला २ वर्ष अगाडि रोजगारीका लागि दक्षिण कोरिया पुग्नुभएको हो । कार्यस्थलमा दुघर्टना हुँदा उहाँको हातमा गम्भिर चोट लागेको थियो । 

दुघर्टनापछि कम्पनीले उपचारमा लापरबाही गरेका कारण राहत स्वरुप आर्थिक सहयोग गरिएको समाजका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष दर्पण गुरुङले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच समाजका अध्यक्ष मन्जु लावती, सचिव केदार निरौला, कोषाध्यक्ष पवित्रा थेबेलगायतले सहयोग रकम हस्तान्तरण गर्नुभयो । 

यसअघि समाजले इलामको महमाईका अमर याक्थुङ्बालाई पनि उपचारका लागि सहयोग गरेको थियो । यस्तै इलामको गोलाखर्कमा रहेको बाल अनाथालय, माई भगवती वृद्वाश्रम, ताप्लेजुङका आगलागीपीडित र झापाका बाढिपीडितलाई पनि आर्थिक सहयोग गरिएको महासचिव शंकर विश्वासीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।