MENU

समाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने साकेला गाउँपालिकाका प्रतिनिधिको प्रतिबद्धता

बिनिता राई/खोटाङ

पुस १९ – खोटाङको साकेला गाउँपालिकाका जनप्रतिनिधिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रावासन परियोजना (सामी)ले गरेको अन्तरक्रियामा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

साकेला गाउपालिकाका प्रमुख अर्जुन कुमार खड्काले वैदेशिक रोजगारीको क्षेत्रमा चालु आर्थिक वर्षमा कार्यक्रम छुटे पनि आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ कार्यक्रम योजना बनाएर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने जनाएका छन् । गाउँपालिका प्रमुखले यो आर्थिक वर्षमा पनि वैदेशिक रोजगारको क्षेत्रमा गाउँपालिकाले काम गर्ने बताए । 

गाउँसभामा समयमै प्रस्ताब नआएकोले यो आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्षेत्रलाई प्राथामिकताका कार्यक्रम संचालन गर्न नसकिए पनि यो विषय सकारात्मक भएकाले कार्यक्रम संचालनमा कुनै पनि कञ्जुसाईं नहुने कार्यपालिकाका प्रमुखको भनाई छ । 

बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजनाले जिल्लामा गरेको काम र आगामी कार्ययोजनाको बारेमा पनि छलफल गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।