MENU

समाचार

​सुरक्षित वैदेशीक रोजगारबारे चेतना जोगाउन दोलखामा टोल समिति

​सुरक्षित वैदेशीक रोजगारबारे चेतना जोगाउन दोलखामा टोल समिति

उषा तामाङ/उज्यालो । 

दाेलखा, माघ २० – दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवमा सुरक्षित वैदेशीक रोजगार सम्बन्धी चेतना जगाउन टोल समिति गठन गरिएको छ । 

सचेतनाका लागि पौरखी नेपालले गरेको कार्यक्रममा सविना सुवेदीको संयोजकत्वमा ७ सदस्यीय टोल समिति गठन गरिएको हो । समितिको सदस्यमा रत्नकुमारी सुवेदी, जीवनाथ सुवेदी, रामप्रसाद सुवेदी, लिलाकुमारी सुवेदी, सीता सुवेदी र कमला सुवेदी हुनुहुन्छ । 

समितिले टोलका सामाजिक समस्या, वैदेशिक रोजगार र भुकम्पपछिको सुरक्षित पुनर्निर्माणमा आइपरेका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्नेछ ।

कार्यक्रममा पौरखी नेपालका परियोजना अधिकृत अस्विन पोखरेलले वैदेशीक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरा, आइपर्ने समस्या लगाएतका विषयमा जानकारी गराउनुभएको थियो । 

विगत १ वर्षदेखि कारितास लक्जमवर्गको आर्थिक सहयोग, ए.एस.एफ नेपाल र क्रातेयरको प्राविधिक सहयोग तथा पौरखी नेपालको समन्वयमा कार्यक्रम कार्यक्रम गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।