MENU

समाचार

​युरोप पठाइदिने भन्दै ठग्ने कन्सल्टेन्सीका सञ्चालकसहित ५ जना पक्राउ


काठमाडौं, माघ २१ – युरोप लगायतका देशमा पठाइदिन्छु भन्दै ठग्ने ५ जनालाई प्रहरीले पक्रिएको छ । 

काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, गल्कोपाखा बस्ने भारतको सहजपुरका संदीप सिंह र भारतकै सिलगुढीका रोनाल्ड गहतराजलाई प्रहरीले पक्रिएको हो । 

उनीहरुलाई काठमाडौंको ठमेलमा रहेका होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको टोली पक्रिएको हो । उनीहरुले भारतको दिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न देश पठाइदिने भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट प्रहरीले नेपाली राहदानी १९ वटा, बंगलादेशी राहदानी २५ वटा, भारतीय राहदानी एउटा र विभिन्न व्यक्तिका पुलिस रिपोर्ट बरामद गरेको छ । 
उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी सञ्चालन गरेर ठगि गरिरहेको पाइएको छ ।

प्रहरीले कारवाहीका लागि लागि वैदेशिक रोजगार विभाग पठाएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।