MENU

समाचार

​कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रह

​कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रह

सिर्जना बस्नेत/रामेछाप । 

माघ २३ – कतारमा अलपत्र परेका १३ जना युवाले छिटो उद्धार गर्न आग्रह गरेका छन् । 

अलपत्र पर्नेमा रामेछापका केशर रैका मगर, तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् । 

त्यस्तै पर्वतका खेमबहादुर सुनुवार, तनहुँका ऋखिश्वर सिंजाली मगर, सर्लाहीका गणेश बम्जन, सिन्धुपाल्चोकका नवराज भण्डारी, कास्कीका एकराज गौतम, तनहुँका माधव पोखरेल, स्याङ्जाका बिमल राना र सुनसरीका गोपालप्रसाद दाहाल कतारमा अलपत्र परेका हुन् । 

कुक र वेटरको काममा गएका उनीहरु अलपत्र परेका हुन् । जनवरीको पहिलो हप्ता कतार प्याराडाइज इन्टरनेशनल म्यानपावरबाट कतार गएका युवालाई काम नदिई लेवर क्याम्पमा राखिएको छ । 

सुनसरीका गोपाल भने ड्राइभर भिसामा पाँच महिनाअघि त्यहाँ पुग्नुभएको हो । उहाँ बुवाको किरिया गर्न पनि आउन पाउनु भएको छैन । गोपालका बुवाको १२ दिन अघि निधन भएको थियो । 

कम्पनीले नेपाल फर्काउन करारपत्र रद्द गरिएको कागजमा हस्ताक्षर गराएको छ । त्यस्तै म्यानपावरबाट हवाई टिकट मगाएर नेपाल फर्कनु भनेको पीडितहरुले बताएका छन् । उनीहरुलाई खाना समेत समस्या भएको छ । म्यानपावर कम्पनीमा फोन गर्दा काम मिलाई दिने भनिएपनि पीडितहरुले काम पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।