MENU

समाचार

​मानव बेचबिखन आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

​मानव बेचबिखन आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौं, माघ २५ –कलाकारको रुपमा मानव ओसारपसारमा लागेका द्वन्दव् निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । 

विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भन्दै विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा नेपाली फिल्म उद्योगका चर्चित द्वन्द्व निर्देशक खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पक्राउ गरेको हो । 

५७ वर्षीय खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।