MENU

समाचार

खाडीका चार देशलाई श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

काठमाडाैं, माघ २७ –  श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ ।

नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स युयई, साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले ३५ दिनभित्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।