MENU

समाचार

दुवईमा छैटौं विश्व सरकार शिखर सम्मेलन

दुवईमा छैटौं विश्व सरकार शिखर सम्मेलन

उमाकान्त पाण्डे/उज्यालो । 

माघ २८ – युएईको दुवईमा आइतबारदेखि छैटौं विश्व सरकार शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागीता जनाएका छन् । 

युएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा भएको सम्मेलन मंगलबार सकिने छ । सम्मेलनको प्रमुख एजेन्डाकै रुपमा ‘खुशी’ विषय राखिएकोले खुशी प्राप्तीका लागि सामुहिक छलफल गरिने छ । 

कार्यक्रममा सरकारी कार्यालय चुस्त र पारदर्शी कसरी बनाउने भन्नेबारे छलफल हुनेछ । त्यस्तै प्रविधिको प्रयोग तथा देशले विभिन्न निकायमा ल्याउनु पर्ने आवश्यक नीति निर्माणका विषयमा समेत सम्मेलनमा छलफल र परामर्श गरिनेछ । सम्मेलनको प्रमुख अतिथि तथा वक्ताको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार युएई आइपुग्नु भएको छ । 

नेपालका तर्फबाट आयोगका अध्यक्ष मैनाली सहभागी 

एक सय ३० देशका प्रतिनिधि मध्ये एक सय २० जनाले कार्यक्रममा सम्बोधन गर्नेछन् । कार्यक्रममा नेपालका तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली तथा प्रवक्ता लक्ष्मी विलास कोइराला सहभागी हुनुभएको छ । 

उहाँहरु शनिबार आबुधाबी आइपुगेको नेपाली दूतावास आबुधाबीले जनाएको छ । उद्घाटन समारोहमा मैनाली सहित प्रवक्ता कोइराला र कार्यवाहक राजदुत सागरप्रसाद फुँयालले नेपालको प्रतिनिधित्व गर्ने दूतावासका प्रवक्ता एवं द्वितीय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । गएको वर्ष दुवईमा भएको सम्मेलनमा पनि अध्यक्ष मैनालीनै सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।