MENU

समाचार

​‘सूचनाको अभावमा विदेश जाने युवा ठगिन्छन्’

​‘सूचनाको अभावमा विदेश जाने युवा ठगिन्छन्’

चन्दनकुमार यादव/सप्तरी ।

चैत ३० – सप्तरीको रूपनी गाँउपालिकाका अध्यक्ष हरेराम यादवले सूचनाको कमीका कारण वैदेशिक रोजगारीमा जानेहरु ठगिने गरेको बताउनुभएको छ ।

सप्तरीमा शुक्रबार सवल नेपाले रुपनी गाउँपालिकाका जनप्रतिनिधिसँग गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो ठगी रोक्न स्थानीय तहले सक्दो पहल गर्ने बताउनुभयो ।

सवल नेपालका उपाध्यक्ष भुपेश साहको अध्यक्षतामा  भएको कार्यक्रममा रूपनी गाउँपालिकाका जनप्रतिनिध, कार्यपालिका सदस्य तथा कर्मचारीको सहभागीता रहेको थियो ।

स्थानीय स्तरबाट विदेश जाने युवालाई सही सूचना तथा सीप दिन प्रयास गरिरहेको सवल नेपालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।