समाचार
काभ्रेको दुर्गमका बालबालिकाका लागि १० लाखको अक्षयकोष
- Saturday, Apr 14, 2018
- 12:07 PM (7 days ago)
- Total Views: 1.1 K
काठमाडौं, वैशाख १ – काभ्रेबाट रोजगारीका लागि साउदी अरब पुगेकाहरुले गठन गरेको काभ्रे सेवा समाज साउदी अरबले दुर्गम क्षेत्रका बालबालिकाका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
आज बनेपामा गरिएको कार्यक्रममा दुर्गम क्षेत्रका,जेहेन्दार विद्यार्थी, गरिबीको कारण पढाइमा समस्या भएकाहरुका लागि कोष स्थापनाको घोषणा गरिएको हो ।
काभ्रे सेवा समाज साउदी अरबको प्रथम बार्षिक उत्सव, शैक्षिक विकासको लागि अक्षयकोष स्थापना लगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जेनकुमारले काभ्रे विकास गरौं सबै मिली एकजुट हौं साउदी अरबमा काभ्रेली भन्ने अभियानका साथ खुत्रुके बचतबाट कोष स्थापना गरिएको बताउनुभयो ।
समाजले छात्रवृत्ति कोषसँगै जिल्लामा रहेका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, पोशाक, फर्निचर लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । पत्रकार सम्मेलनमा स्थापनाको तीन वर्षमा समाजले साउदीमा अलपत्र परेका २३ जनालाई उद्धार गरेर नेपाल पठाएको पनि जानकारी गराइएको थियो ।
सम्बन्धित समाग्रीहरु
- त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
- शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
- आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
विशेष
समाचार
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
-
मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ६– सर्वोच्च अदालतले मानव बेचविखनको अभियोगमा पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश दिएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस