MENU

समाचार

साउदी र कतारी रियाल स्थिर, दिर्हाम, वन र रिंगिटको मूल्य घट्यो

साउदी र कतारी रियाल स्थिर, दिर्हाम, वन र रिंगिटको मूल्य घट्यो

काठमाडौं, वैशाख ३ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३३ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।