MENU

समाचार

सोलुखुम्बुका मिनबहादुर सुतेकै ठाउँमा मृत भेटिए

सोलुखुम्बुका मिनबहादुर सुतेकै ठाउँमा मृत भेटिए

उमाकान्त पाण्डे/उज्यालो । 

वैशाख ३ – युएईमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । रोजगारीका लागि युएई आएका सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको दुबईमा सुतेकै ठाउँमा ज्यान गएको हो । 

पाँच वर्षअघि आउनुभएका मिनबहादुर दुबईमा रहेको बर्केली कम्पनीमा क्लिनरको काम गर्नुहुन्थ्यो । गएको मंगलबार राती ड्युटी गरेर फर्किएका मिनबहादुरको सुतेकै ठाउँमा ज्यान गएको हो ।

बुधबार साँझ काममा जाने समयसम्म नउठेपछि उठाउन खोज्दा ज्यान गएको थाहा भएको उहाँसँगै बस्ने साथी योगेन्द्र गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।

सुतेको ठाउँबाट नउठेका मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको कम्पनीले जनाएको छ । 

मिनबहादुर युएई आएपछि एक पटक पनि नेपाल फर्किनुभएको थिएन । पाँच वर्षमा तीन पटक गरेर झण्डै ८० हजार रुपैयाँ पैसा पठाएको छोरी प्रतिमा राईले बताउनुभयो । 

मिनबहादुरको परिवारमा बुवाआमा, श्रीमती, छोरी र भाइ छन् । उहँका श्रीमती नरमाया राई चार वर्षदेखि मलेसियामा हुनुहुन्छ । छोरी प्रतिमा अध्ययनको शिलशिलामा काठमाडौंमा बस्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।