MENU

समाचार

साउदीमा जेल परेका दिलबहादुरलाई छुटाउन मलेसियामा रकम संकलन थालियो

साउदीमा जेल परेका दिलबहादुरलाई छुटाउन मलेसियामा रकम संकलन थालियो

सुनाखरी मगर/मलेसिया ।

वैशाख ३१ – साउदी अरबमा मृत्युदण्डको सजाय पाएका रोल्पाको रोल्पा नगरपालिका धवाङका दिलबहादुर घर्तीमगरलाई बचाउन मलेसियामा रकम संकलन अभियान सुरु भएको छ ।  

साउदीमा दिलबहादुरले चलाएको गाडी दुर्घट्ना हुँदा साउदी नागरिकको ज्यान गएको थियो । साउदी नागरिकको ज्यान गएकै कारण दिलबहादुर जेल पर्नुभएको थियो ।

साउदीको अदालतले जेलमुक्त हुन २ लाख २५ हजार रियाल अर्थात ६५ लाख रुपैयाँ ब्लडमनी तिर्नु पर्ने र ब्लडमनी बुझाउन नसके मृत्युदण्ड हुने फैसला गरेको छ । 

तीन वर्षदेखि जेलमा रहेका दिलबहादुरलाई अदालतले तोकेको ब्लडमनी जुटाउन अभियान सुरु गरिएको हो । अभियानको पहिलो दिन आइतबार २ हजार ७ सय ३ मलेसियन रिंगिट संकलन भएको ब्लडमनी संकलन अभियान २०७५ मुल समिति नेपालका सदस्य रुपधन घर्तीमगरले बताउनुभयो ।

मृत्युदण्ड कुरिरहेका दिलबहादुरलाई नेपाल फर्काउन रकम सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।