MENU

समाचार

​रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बढ्यो

​रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बढ्यो

काठमाडौं, जेठ १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा र विक्रिदर २९ रुपैयाँ ७५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र विक्रिदर २९ रुपैयाँ ४९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०८ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ २८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६३ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।