MENU

विशेष

श्रीमान मार्ने धम्की दिने एजेन्ट र म्यानपावरलाई तह लगाउने श्रीमतीहरु

सुष्मा साह/सर्लाही ।

एजेन्ट सम्पर्कमा नआउने अनि म्यानपावरले पनि थर्काउने गरेपछि परिवारका विदेशमा रहेका आफन्तलाई घर फर्काउन सकिँदैन भनेर हरेस खाए, तर श्रीमतीहरु डराएनन । उनीहरु एजेण्ट र म्यानपावरको पछि लागिरहे । 

सर्लाहीको व्रह्मपुरी गाविसका शंकर मुखिया ३९ वर्ष पुग्दा पनि गाउँमा केहि गर्न सक्नुभएन । जागिर खान पढाई छैन । व्यवसाय गर्न पैसा थिएन । गाउँमै केहि गर्छु भनेर ऋण माग्दा कसैले नपत्याउने । छिमेकी विरेन्द्र मुखिया र दिनेश पासवानको अवस्था पनि त्यस्तै थियो । त्यसैले तीनै जनालै एकै पटक विदेश जाने निर्णय गरे । उनीहरुलाई विदेश पठाउने एजेन्ट थिए बन्तिलाल बैठा ।  बन्तिलालसँग भेटेर उसका कुरा सुनेपछि तीनै जनाले सोचे विदेश गएपछि त सबै समस्या समाधान भइहाल्छ । विदेशले सबै समस्या समाधान भइहाल्छ भन्ने सोचेका उनीहरुलाई न विदेशका बारेमा थाहा थियो न त विदेशमा गर्नुपर्ने कामका बारेमा नै । त्यसैले एजेन्ट बन्तिलालले जे जे भने उनीहरुले पनि त्यसै मात्रै गरिरहे । 

बन्तिलालले कुवेतको अलकुत क्लिनिङ एण्ड सेक्युरिटी कम्पनीमा अफिस ब्वाईको माग आएको भन्दै त्यसमै पठाइदिने भन्दै जनही डेढ लाख रुपैयाँ लाग्ने  बताए । त्यति बेला सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भइसकेको थियो तर उनीहरुलाई त्यस बारेमा अत्तोपत्तो थिएन । त्यही भएर माया लाग्दा कुरा गरेर केहि भए पनि पैसा घटाउनतिर लागे ।

माया गरेझैं गरेर बन्तिलालले पनि १५ हजार रुपैयाँ घटाइदिए । उनीहरुलाई पनि धेरै घटाए जस्तो लाग्यो र १ लाख ३५ हजार रुपैयाँ तिर्न तयार भए । बन्तिलालले उनीहरुलाई एसआरके ओभरसिज मार्फत कुवेत उडाए । परिवारका सदस्य उनीहरुलाई बिदा गर्न काठमाडौं गएका थिए तर बन्तिलालले उड्ने बेलामा उनीहरुलाई परिवारसँग भेट्न दिएनन् । परिवारका सदस्यले लगेको फूलामाला झोलामै फिल्या ल्याउनु पर्‍यो । 

तीनै जना २०७२ कात्तिक १७ गते कुवेत पुगे । ८ दिनसम्म भोकै परे । ‘काम पनि पाइएन अनि खानका लागि पानी र खाने कुरा थिएन त्यसैले भोकै पर्यौं’ शंकरले भने ।  उनीहरुलाई ८ दिनपछि काम कम्पनीले काम दियो तर फोहर मैला व्यवस्थापन गर्ने र भारी बोक्ने । 

८ दिनसम्म भोकै बस्नुपर्दा र फोहोर उठाउने काम गर्नुपर्दा आत्तिएका उनीहरुले घरमा फोन गरे । परिवारले एजेन्ट बाहेक अरु कसैलाई चिनेका थिएनन अनि के गर्ने भन्ने थाहा पनि थिएन । त्यसैले एजेन्टलाई नै भेट्न खोजे तर फोनमा कुरा गर्ने एजेन्ट बन्तिलालसँग भेट्न परिवारका सदस्यलाई २ महिना लाग्यो । बन्तिलालले भनेको काम र तलब दिलाइदिन्छु भन्दै भेट्नै मानेनन् । बन्तिलाललाई भनेको केहि समयपछि सुपरभाइजरले उनीहरुलाई खाना खर्च भन्दै १० कुवेती दिनार केडी दिए । 

भनेको काम नपाएका शंकर, वीरेन्द्र र दिनेशले सम्झौता अनुसारको तलब पनि पाएनन् । सम्झौतामा १ सय १० कुवेती डलर दिनार पाउने भनिएको थियो तर पहिलो महिना तीनै जनाले ३० कुवेती दिनार पाए । दोस्रो महिना तलब बढेर ४७ केडी पुग्यो । तर उनीहरुले काम गर्न सकेनन् । ६ महिनासम्म गाउँका साथीहरुसँग ऋण लिएर बसे । एजेन्टले समस्या समाधान गरिदेला भन्ने उनीहरुको आशा थियो तर एजेन्ट झर्किन थाले ।

‘तिमीहरुको श्रीमान मरे भने म तिमीहरुलाई १० लाख रुपैयाँ दिउँला तिमीहरु धेरै किचकिच नगर, मलाई आनन्दले बस्न देओ भन्यो’ शंकरकी श्रीमती पार्वतीदेवी भन्नुहुन्छ । सुरुमा नरम कुरा गरेको एजेन्ट कड्किएपछि तीनै जनाको परिवारमा चिन्ता थपियो । 

तर सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, मलंगवाकी मनोसमाजिक परामर्शकर्ता दयामन्ति शाहसँग भेटेपछि पनि घर परिवारको डर साहसमा बदलियो । दिनेशकी आमा दौलतियादेवी, विरेन्द्र मुखियाकी श्रीमती कलावति देवी र शंकर मुखियाकी श्रीमती पार्वतीदेवी सूचना केन्द्रसम्म पुगेपछि भने एजेन्टले बोली फेरे ।

‘सूचना केन्द्रबाट फोन गर्दा धेरै दिनसम्म एजेन्ट बन्तिलालले म त स्वास्थ्य चौकीको कर्मचारी हुँ भनेर ढाँटिरह्यो’ सूचना केन्द्र परामर्शकर्ता ज्ञानेन्द्र यादव भन्नुहुन्छ । बन्तिलालले बोली फेरेपछि सूचना केन्द्रले उनीहरुको समस्या काठमाडौंमा रहेको पिपुल फोरममा पठायो । 

त्यतिञ्जेल चुप लागेको म्यानपावरले उनीहरु काठमाडौं आएको थाहा पाएपछि म्यानपावरमै बोलाएर ७ दिनभित्रै तीनै जनालाई फर्काइदिने भन्दै उजुरी नगर्न आग्रह गर्‍यो । म्यानपावरको विश्वासमा ७ दिन पर्खिए तर श्रीमानलाई म्यानपावरले फर्काएन । सुरुमा त नक्कली टिकट देखाएर पनि झुक्याउन खोज्यो ।

‘किन त भनेर सोध्न जाँदा उल्टै थर्कायो’ विरेन्द्र मुखियाकी श्रीमती कलावतिदेवी भन्नुहुन्छ ‘तिमीहरु धेरै मुद्दाको धम्की नदेओ  तिमीहरुका श्रीमानलाई थुन्नलाईदिन्छु अनि ज्यान पनि नरहला भन्यो ।’ 

यो बिचमा म्यानपावर र विभाग धाउँदा ४२ दिन बित्यो तर केहि उपाय लागेन । विभागले केहि गर्न नसकेपछि उनीहरुको मुद्दा न्यायधीकरणमा पठाउने तयारी भयो तर म्यानपावरले निवेदन दिन दिएन । तीनै जनालाई उसले नेपाल फर्काइदियो । एजेण्ट र म्यानपावरले ज्यान मार्नेसम्मको धम्की दिँदा पनि दौलतियादेवी, कलावति देवी र पार्वतीदेवी नडराई लडेकाले उनीहरु श्रीमानलाई नेपाल फर्काउन सफल भएको सूचना केन्द्रकी परामर्शकर्ता दयामन्ती शाह बताउनुहुन्छ । 

घर त फर्किए तर उनीहरु अहिले जाँदा लिएको र नेपाल फर्काउन काठमाडौंमा ५५ दिन बस्दा लिएको ऋण कसरी तिर्ने भन्ने समस्यामा थिए ।

स्थानीय स्तरमै गरिएको छलफलपछि म्यानपावरले उनीहरुलाई ७५ हजार रुपैयाँका दरले रकम फिर्ता दिएको छ । आधा पैसा फिर्ता पाउँदा केहि खुशी भए पनि अबको बाटो केहि नहुँदा उनीहरुको चिन्ता भने कम हुन सकेको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • विदेशमा अलपत्र परेकी श्रीमती फर्काउन दलालले लाख मागे

    मंसिर २७ – कुवेत पुगेर समस्यामा परेकी सिन्धुपाल्चोककी टुक्सी तामाङलाई नेपाल फर्काउन एजेन्टले पैसा मागेका छन् । २०७३ फागुनमा कुवेत पुगेकी जुगल गाउँपालिका–५ बराम्चीकी टुक्सी समस्यामा परेपछि उहाँलाई घर फर्काउन दलालले पैसा मागेका हुन् ।

  • ​विदेश जानेलाई सीपकाे निःशुल्क तालिम

    काठमाडौं, मंसिर २६ – वैदेशिक रोजगारीमा जानेले मेसन (डकर्मी) र सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने) तालिम निःशुल्क लिन पाउने भएका छन् ।

  • ​वडा अध्यक्षमा ४ मतले हारेपछि राजेन्द्र कतार पुगे

    ‘त्यो बेला मैले जितेको भए बरबोटे क्षेत्रको मुहार फेर्ने थिएँ, स्थानीय स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगार अभियान चलाउँथे,’ राजेन्द्रले भन्नुभयो, ‘तर सोचेभन्दा विपरित नतिजा आयो ।’

  • नक्कली भिसाले विदेश हिँडेकी माया विमानस्थलमै थुनिइन्

    अध्यागममा रहेका महिलाका कुरा सुनेरै आत्तिएकी मायालाई विमानस्थलका कर्मचारीले पनि त्यही कुरा भनेपछि अक्क न बक्क भइन । ‘तपाईं यहाँबाट जान पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्छ भने, कहाँबाट ल्याउनु पैसा भन्दा पैसा नदिए अदालत लैजान्छौं भने,’ मायाले आफूसँग पैसा छैन् भन्दै छुटाइदिन आग्रह गरिन् । तर त्यो सम्भव थिएन ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • पहिलो कुरा भ्रष्टाचारविरुद्ध खरो रुपमा प्रस्तुत हुनुहुपर्छ। सरकार, नेता, कर्मचारी, सञ्चारमाध्यम र सर्वसाधारणले नियम पालना गर्नुपर्छ। स्वरोजगारका लागि सरकारले आयमुलक योजना ल्याउनुपर्छ। प्राकृतिक साधन र स्रोतको गहिरो अध्ययन गरेर उपयोग गर्नुपर्छ। यसका लागि बाह्य पूँजी नभई स्वदेशी लगानीमा गर्नुपर्छ। सर्वसाधारणलाई पनि लगानीका लागि वातावरण बनाउनुपर्छ। यसो गर्दा स्वरोजगार हुनेको संख्यामा वृद्धि हुन्छ। रोजगारीका लागि विदेश जाने स्वतः घट्छन। विदेश नै पठाउने हो भने जि टु जी सम्झौता गरेर पठाउनुपर्छ। अरु आकर्षक गन्तव्य पनि खोजी गर्नुपर्छ। 

    गंगा राना / मलेसिया
  • प्रतिनिधसभा र प्रदेशसभा चुनावमा पाएको उपलब्धी नेपाली कम्युनिष्ट इतिहासमा दोहोरिन मुस्किल छ। साधारण बहुमत समेत ल्याउन नसकिरहेका बेला यो परिणाम नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि ऐतिहासिक हो। आपसी झगडामा वाम गठबन्धनले यो अवसर गुमाए भने नेपाली नागरिकले यिनीहरुलाई कहिल्यै माफी दिने छैनन। ५ वर्ष भित्र नेपाली नागरिकले शासन प्रणालीमा सुधार र देशको भौतिक तथा आर्थिक बिकासमा परिवर्तनको आभास पाउनुपर्छ। 

    अनमोल श्रेष्ठ / दुवई
  • भर्खर मात्र देश संविधान कार्यान्वयनको बाटोमा अगाडि बढेको छ। प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव भर्खरै सम्पन्न भएको छ। अब स्थायी सरकार बन्छ भन्ने विश्वास धेरै नागरिकलाई छ। विकास गर्न ५ वर्षे स्थायी सरकार बन्नुपर्छ। आशा छ, वाम गठबन्धनले ५ वर्षका लागि सरकार बनाउँछ। विदेशमा भएका युवालाई तत्कालै देशमा नै रोजगारीको सुनिश्चितता गर्न गाह्रो छ। किनभने अब बन्ने केन्द्रीय सरकारको काँधमा काम धेरै छ। संघीयता सम्बन्धी बिमतीहरु मिलाउन समय लाग्छ। प्रान्तिय सरकारले विदेशिएका लाखौं युवालाई विकास र समृद्धिको ठाउँमा योग्यता अनुसार लगाउन सक्नुपर्छ। नेपाली युवाको कमजोरी यौटै छ, विदेशमा घण्टौं खट्ने, तर स्वदेशमा राम्रो काम गर्न नचाहने। यो परिपाटीको अन्त्य हुन चीनको जस्तो कम्युनिष्ट सरकारको आवश्यक छ । चीनमा इन्जिनियरले तारजाली ग्याबिन भर्छ। तर नेपालको सवओभरसियरले ढुंगा समेत छुँदैन । अनि, कसरी देश विकास हुन्छ र रोजगारी पाइन्छ। देशभित्र रोजगार सिर्जना गर्न चार वटा वादको अन्त्य हुन जरुरी छ, नातावाद, कृपावाद, भ्रष्टवाद र ठगवाद। 

    यम श्रेष्ठ संगीतप्रेमी / मलेसिया
  • मेरो मनमा लाग्छ म परिश्रम गर्छु र अगाडि बढ्छु तर सोचेको जस्तो सजिलो छैन यहाँ जीवन।

    पदमबहादुर खत्रि / दोहा, कतार
सबै हेर्नुहोस