MENU

विशेष

​सपना पनि नराम्रो देख्छु, छोरा तिमी अप्ठ्यारोमा पर्यौ की ?

दुर्गाप्रसाद भट्टराई/सर्लाही 

सर्लाहीको गौरीशंकर ५ का सुकेश्वर महतोले केहि दिन अघि नराम्रो सपना देख्नुभयो । यसै त आत्तिएको सुकेश्वरको मन सपनाले झनै आत्तियो । ठिकै कमाइरहेको अनि फोन पनि गरिरहेको छोरो एक्कासी सम्पर्कविहिन भएपछि सुकेश्वको भोक निद्रा सबै हराएको छ । सुकेश्वरका छोरा रामईश्वर साउदी गएको ६ वर्ष भयो । त्यो भन्दा अघि उहाँ कतार जानुभएको थियो । तर ६ महिनामै कम्पनी बन्द भएर फर्किनुभयो । कतारबाट फर्किए पनि विदेश जाने रहर भने हटेन । त्यसैले फेरि विदेश जाने तयारी गर्न थाल्नुभयो । फेरि विदेश जाने भन्ने थाहा थियो सुकेश्वरलाई तर कसले पठाउने अनि कहाँ जाने केहि थाहा थिएन । 

त्यसैले सुकेश्वर खेतबारीकै काममा व्यस्त हुनुहुन्थ्यो । त्यतिकैमा एक दिन रामईश्वर खेतमै पुगे त्यो पनि विदेशका लागि पैसा माग्न । रामईश्वरले पहिलेको भोगाइले सिकेको कुरा गर्नुभयो । ‘उसले पहिले कतार जाँदा भाग्यले साथ दिएन अब चाहिँ साउदी जान्छु बुवा खर्च चाहियो भन्यो केहि गर्छु भन्नेलाई कसरी रोक्नु’ सुकेश्वर भन्नुहुन्छ । छोराले भनेपछि सुकेश्वरले नाइ भन्न सक्नुभएन । तर छोराले विदेश जान मागेको ९० हजार उहाँसँग थिएन । त्यसैले ९० हजार ऋण खाजेर छोरालाई दिनुभयो । पैसा दिएको दिएको एक महिनामा  कन्स्ट्रक्सनको काममा हरकटुवा–४ का अरुण महतो मार्फत साउदी जानुभयो । साउदी पुगेपछि रामईश्वरले काम र कमाइ ठिकै छ भनेर फोन गर्नुभयो । ४ वर्षमा ५ लाख रुपैयाँ पनि पठाउनुभयो । त्यतिबेला उहाँको परिवार खुसी थियो । यो खुसी साढे ४ वर्षसम्म उस्तै थियो तर त्यसपछि भने त्यो खुसी दुःखमा परिणत भयो । 

त्यतिञ्जेल फोन गरिरहेका रामईश्वरको फोन आउन छोड्यो । उहाँले दिएको अनि सँधै गरिरहने नम्बरमा फोन लाग्न छोड्यो । ‘अरु बेला चिन्ता त लागिहाल्छ उसँगै गएका उसका साथी फर्के पनि ऊ चाँही नफर्किंदा मन थाम्न गाह्रो हुँदो रहेछ’ सकेश्वरले भन्नुभयो । 

डेड बर्ष अघि रामईश्बरले अन्तिम पटक फोन गर्दा अहिले कम्पनी छोडेर भागेर काम गर्न लागेको भन्नुभएको थियो । त्यसपछि न फोन आयो न त कुनै खबर नै । त्यसमाथि छिमेकीले गर्ने अनेकथरीका कुराले परिवारका सबैको मन आत्तिएको छ । छिमेकीहरु कोही कुनै समस्यामा परेकाले फोन नगरेको होला नभए त फोन त गरिहाल्छ नी भन्छन् । त्यसले सुकेश्वरलाई तर्साउँछ । उहाँ त्यति बेला त्यही नराम्रो सपना सम्झिनुहुन्छ । तर सम्हाल्न निक्कै गाह्रो पर्छ सुकेश्वरलाई । गाउँमा त्यसरी हराएकाहरु धेरै जेलमा पनि परेका हुन्छन भन्छन त्यैं माथि रामईश्वरले भागेर काम गर्न लागेको भनेकाले उहाँ आत्तिनुभएको छ । 

अहिले त रामईश्वरका छोरा नितेश साढे ५ वर्षका भइसके । नाति छेउमा आएपछि सुकेश्वसँगै रहेकी श्रीमती सगियादेवी बोल्न नपाउँदै भक्कानिनुभयो । ‘गाउँमा अरुका बुवा आउदा हाम्रो बुवा कहिले आउनु हुन्छ आमा भनेर सोध्दछ  मैले के उतर दिनु ?’ सगियादेवी भन्नुहुन्छ ‘कहिले आउँछ थाहा छैन ।’ नातिको अनुहार हेरेर रोएर मन बुझाउनु बाहेक अरु कुनै उपाय छैन सगियादेवीसँग । बुवाको अनुहार नसम्झिए पनि नितेश साथीहरु सँग खेल्दा मेरो बुवाले विदेशबाट खेल्ने कार ल्याईदिनु हुन्छ भन्दा परिवारका सबैका आँखा भरिन्छन् । छोरा बेपत्ता भएपनि खान लाउन संकट छैन उहाँको परिवारमा । तरकारी खेती गरिरहेका सुकेश्वले अहिले पनि वर्षको डेढ लाख जति कमाइरहनुभएको छ । तर पनि छोरा भए जस्तो नहुने गुनासो छ उहाँको ? यदी रामईश्वर अप्ठ्यारोमा परेको भए र कसैलाई थाहा भए खबर गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 

‘यदी यो खबर तिमीसम्म पुग्यो भने एक पटक जसरी पनि घरमा फोन गर्नु अनि यदी कसैले उसम्म पुर्याइदिनुभयो भने तपाईंको पुण्य हुन्छ ।’ सुकेश्व भनिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस