MENU

विशेष

​पहाडका मान्छे खाडीमा, तराइका मान्छे पहाडमा

आदर्श केसी/उज्यालो ।

रुकुम, पुस ११ – बर्दियाको खैरीचन्दनपुरका नरेश दहित रुकुममा आएर मजदुरी गर्न थालेको तीन महिना भयो । विदेशको भन्दा राम्रो कमाइ आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समय दहित मध्यपश्चिमका पहाडमा काम गर्दै आउनु भएको छ ।  ‘पहाडतिर श्रम गर्दा राम्रै आम्दानी हुन्छ परिवारको खर्च त्यसैले चलेको छ’ उहाँले भन्नुभयो । पहाडमा काम गर्न आउने मजदुरको मासिक कमाइ तीसदेखि चालीस हजार रुपैयाँसम्म हुने भएपछि मजदुर खुसीका साथ काम गर्न पहाडतिर आउने गरेका छन् । विशेष गरी मधेसी मूलका थारु तथा चौधरी मजदुर कडा परिश्रम गर्ने भएकाले पनि ठूला योजनामा उनीहरुको माग हुने गरेको छ । यस अगाडी दहितसँगै ३० जनाको टोलीले सल्यानको सदरमुकाम खलंगामा एक वर्ष साना शहरी विकास योजना अन्र्तगत खानेपानी आयोजनामा काम गरेका थिए । यही टोली अहिले रुकुमको मुसिकोटमा सञ्चालित साना शहरी विकास खानेपानी योजना अन्र्तगत पाइपलाइन खन्ने काममा ब्यस्त छ । काम नसकुन्जेल रुकुममै  निरन्तर काम गर्ने उनीहरुले बताएका छन् । बर्दिया, बाँके, कैलाली, दाङ लगायतका जिल्लाबाट काम खोज्दै पहाडी जिल्लामा आउने मजदुरको सख्या बढ्दै गएको छ । पहाडका मानिस आँगनको काम छाडेर भारत लगायत खाडी मुलुकमा जाने चलन बढीरहेको बेला तराइबाट पहाडमा काम गर्न आएका मजदुरको संख्या पनि बढ्दै गएको हो ।

‘दसैँ तिहारमा काम रोकिने भएकाले घरमा जान्छौँ नत्र काममा नै व्यस्त हुन्छौँ’ बर्दियाकै अर्का मजदुर सोमप्रसाद थारुले भन्नुभयो, ‘विदेशमा गएपनि गर्ने काम उही हो किन स्वदेशमै पसिना बगाउन लाज मान्नुप¥यो ।’  यहाँको काम सकेर यो टोली फेरी सुर्खेत वा दैलेख जाने सुरमा छन् । रुकुममै काम गर्ने दाङ र बर्दियाका मजदुरको संख्या बाक्लै छ । सदरमुकाममा घर निर्माणदेखि गाउँमा सडक बनाउने काममा समेत तराईका मजदुर भेटिन्छन् । तर रुकुमका अधिकांश मानिस आगन अगाडीको काम गर्न लाज मानेर खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् ।

कन्काइ इन्टरनेशनल विल्डर्स प्रालिमा अहिले झण्डै दुई सय हाराहारीमा तराइका मजदुरले काम गरिरहेका छन् । ‘तराइका मजदुर बिहानबेलुका काम गर्छन्, उनीहरुको काम रहर लाग्दो हुन्छ’ प्रालीका मेनेजर उत्तम खड्काले भन्नुभयो ।

खड्काका अनुसार आफ्नो कम्पनीमा काम गर्ने मजदुरमध्ये ११ जना भारतका नागरिक छन् । भारतका यी मजदुर लामो समयदेखि रुकुममा काम गरिरहेको भेटिन्छन् । दैनिक एक हजारदेखि १५ सयसम्म कमाइ हुने र भत्ता तथा ओभर टाईम पनि पाउने भएपछि निरन्तर यही काममा लागेको भारत सिद्धार्थनगरका गोपाल राजपुतले बताउनुभयो । यसरी कमाएको रकमले वर्षभरीमा बचत पनि राम्रै हुने गरेको उहाँले जानकारी गारउनुभयो ।

तराई तथा भारतबाट आएका मजदुरको माग धेरै खानेपानी आयोजनामा हुने गरेको छ । खानेपानीका लागि पाइप लाइन, पानी टया्ङकी, सोलोसन फिल्टर आदि कामको लागि यी मजदुर व्यस्त हुन्छन् । साथै पाइपलाइन विछ्याउन पनि मजदुर लागेका छन् ।

 

​पहाडका मान्छे खाडीमा, तराइका मान्छे पहाडमा

​पहाडका मान्छे खाडीमा, तराइका मान्छे पहाडमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस