MENU

विशेष

पैसा तिर्दा रसिद नदिने, क्षतिपूर्तिको कुरा गर्दा म्यानपावरले एजेन्टलाई देखाउँछ

रीतु थेबे/उज्यालो ।

काठमाडौं, पुस १२ – एक लाख भन्दा बढि लागत खर्च बुझाएपनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँको मात्रै रसिद दिएको पीडितहरुले बताएका छन् । साउदी अरबबाट फर्केका ५३ जनाले आफूहरुलाई थोरै पैसाको मात्रै नगदी रसिद दिएको बताएका हुन् । ११ महिना अघि साउदी पुगेका उनीहरुले चार महिनाको तलब समेत पाएका थिएनन् । 

‘सँगै फर्केका अरुलाई पनि म्यानपावरले १० हजारको मात्रै रसिद दिएको छ । सरकारको नियम जे भएपनि लागत खर्च यत्ति नै हो भनेर म्यानपावरले पैसा लियो’ पीडित नवलपरासीका घनश्याम पौडेलले भन्नुभयो । १२ दिन साउदी अरबको रियादस्थित नेपाली दूतावासको सेल्टरमा बसेर तीन हप्ता अघि उनीहरु नेपाल फर्किएका थिए । 

सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरेपछि उनीहरुलाई साउदी पठाएपनि तोकिएको भन्दा धेरै पैसा म्यानपावर कम्पनीले असुल गरेको छ । म्यानपावरले उनीहरुलाई गएको वर्ष माघमा साउदी पठाएको थियो । त्यसअघि नै अर्थात २०७२ असार २१ गतेदेखि नै सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय कार्यान्वयन गरेको थियो । यो निर्णय कार्यान्वयनमा आएपछि रोजगारीका लागि साउदी अरब  जानेले बढिमा १० हजार रुपैयाँ तिरे पुग्छ ।   

‘डाइरेक्ट’ भन्दै ‘सप्लाई’ कम्पनीमा कामदार पठाउँदै 

अर्कातिर म्यानपावर कम्पनीले साउदी अरबका सप्लाई कम्पनीहरुमा पठाउँदा अप्ठेरोमा पर्ने नेपाली कामदारको संख्या बढिरहेको उनीहरुले गुनासो गरेका छन् । काठमाडौंको बसुन्धरास्थित क्षितिज इम्प्लोइमेन्ट प्रालि म्यानपावरले उनीहरुलाई साउदी अरब पठाएको थियो । 

‘डाइरेक्ट’ कम्पनीमा भनेर पठाएपनि म्यानपावरले उनीहरुलाई हिजाज गेज इन्टरनेशनल नामक ‘सप्लाई’ कम्पनीमा पठाएको पीडित पौडेलले बताउनुभयो । सप्लाई कम्पनीले उनीहरुलाई रियादको जदितसनैयामा रहेको अल्सार प्लाष्टिक कम्पनीमा काम गर्न खटाएको थियो । 

म्यानपावर कम्पनीले फर्किदाको टिकट खर्च भन्दै २० हजार रुपैयाँ मात्रै फिर्ता गरेकोे अर्का पीडित अर्घाखाँचीको गोखुङ्गा–९ का जीवन खनाल बताउनुभयो । ‘अरु पैसाको कुरा गर्दा एजेन्टबाट उठाउनु, हामीले मात्रै होइन उसले पनि खाएको छ भन्छन्’ उहाँले भन्नुभयो । 

म्यानपावरले आठ घण्टा काम र दुई हजार रियाल तलब हुने भन्दै उनीहरुलाई साउदी पठाएको थियो । तर साउदी पुगेपछि नेपालमा भएको सम्झौता च्यातेर अर्को सम्झौतापत्रमा जर्बजस्ती सही गर्न लगाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस