MENU

विशेष

‘चाइना पास’का कारण चीनको रोजगारीमा जानेको संख्या बढ्यो

हिमनाथ देवकोटा/उज्यालो । 

रसुवा, पुस १३ – रसुवागढी नाका सञ्चालनमा आएसँगै रसुवाबाट चीनको व्यापारिक शहर केरूङमा रोजगारीका लागि जाने नेपाली किशोरीको संख्या बढेको छ । 

केरूङ जानका लागि खर्च कम लाग्ने र पासपोर्ट बनाउन नपर्ने भएपछि उनीहरु खाडीका देशहरु र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन् । केरूङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवालगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन् । 

होटलमा काम गर्ने युवतीहरूले मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तलब पाउने गरेको केरूङमा कार्यरत शान्ति तामाङले वताउनुभयो । तामाङका अनुसार नेपाली तथा चिनिँया होटलमा तीनदेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन् । 

किन जान्छन ?

जिल्लामा रोजगारीको अवसर नपाएर बाहिरिने भन्दा पनि देखासिखी र गरिबीका कारण पढ्दै गरेका किशोरी बढि मात्रामा गएको देखिन्छ । जिल्लावासीलाई ‘चाइना पास’ सहजै उपलब्ध हुने र आवतजावत गर्न सहज हुने भएकाले पनि जाने क्रम बढेको हो । भुकम्पका कारण ढलेका घर उठाउनका लागि आर्थिक सहयोग होस भनेर बुवाआमाले नै किशोरीहरुलाई केरुङ पुर्‍याउने गरेका छन् । प्रहरीले नाकामा कम उमेरको किशोरीलाई अभिभावक बिना जान कडाई गरेपछि अभिभावकले नै पुर्‍याएर फर्कने गरेका छन् । 

जिल्लावासीले नै त्यहाँ व्यवसाय सञ्चालन गरेका कारण देखासिखीले पनि जाने क्रम बढेकोे शक्ति समुहकी विजया तिवारीले वताउनुभयो । जिल्लावासीले होटल सञ्चालन गरेर गाँउका तथा चिनेजानेका किशोरीलाई लाने क्रम बढेको तिवारीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवा लगायत छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट कामका लागि केरूङ पुगेका छन् । 

माइती नेपालले गरेको एक अध्ययन अनुसार जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउ लगायतका गाविसका सबैभन्दा बढि किशोरी केरूङमा कार्यरत छन् । जिल्लावासीलाई चीन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दोे छ । 

कम उमेरका बढि

चीनको केरूङमा सञ्चालनमा रहेका होटलमा अधिकांश १४ वर्षदेखि २५ वर्ष उमेर समुहका किशोरी भेटिन्छन् । 

कम उमेरमा नागरिकता वनाएर चीन प्रवेशका लागि ‘चाइना पास’ बनाउने परम्परा विकसित हुँदै गएको छ । चीनको केरुङमा २८ भन्दा बढि होटल सञ्चालनमा छन् । चिनिँया होटलमा काम गर्नेको संख्या कम भएपनि नेपालीको आधा दर्जन होटलमा ३५ भन्दा बढि किशोरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईंका अनुसार पछिल्लो तीन महिनामा कम उमेरका किशोरी तीन जना मात्र गएका छन् । 

केरुङको होटलमा नेपाली किशोरीले रातको दुईवजेसम्म काम गर्नुपर्ने हुन्छ । यार्साकी संगिता तामाङले भन्नुभयो, ‘रक्सी खाने मान्छे आएमा रातको दुई बजेसम्म र त्यस्ता मान्छे नआए ९/१० वजेसम्म मात्र काम गर्नुपर्छ ।’ 

व्यापारिक शहर केरूङमा काम गर्न जानेको सङ्ख्या बढेपनि पछिल्लो समय घटेको प्रसाईंले बताउनुभयो । ‘यस अघि गएका कम उमेरका भएपनि पछिल्लो समय कम उमेरमा नागरिकता बनाएर जाने क्रम घटेको छ’ प्रसाईंले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतमा दुर्घटनामा परेपछि महेन्द्रको मानसिक स्थिती गुम्यो

    कुवेतमा दुर्घटनामा परेका नवलपरासीका महेन्द्र हरिजनले मानसिक सन्तुलन गुमाएका छन् । दुर्घटना टाउको चोट लागेका उनको स्मरण शक्ति गुमेको कुवेतको फर्वानिया अस्पतालका डाक्टरले जनाएका छन् । दुर्घटनामा परेका महेन्द्रलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्‍याएकाे थियो ।

  • परदेशको कमाईको डेढ करोड समाजसेवामा

    सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको पोखरेलले बताउनुभयो ।

  • ​पाँच पटक विदेश जाँदा ऋण घटेन बढ्यो, तिर्ने उपाय छैन

    खोटाङको रुपाकोट मझुवागढी १० पाथेकाका मंगल भुजेल त्यति बेला कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । १६ वर्ष मात्रै पुगेका मंगललाई कतारमा रहेका दाई नाता पर्ने व्यक्तिले विदेश जान उकासेपछि उहाँले उमेर बढाएर नागरिकतासँगै पासपोर्ट पनि बनाउनुभयो ।

  • ​विदेशबाट घर फर्किंदा यी बस्तु ल्याए भन्सारले जफत गर्छ ! नियम थाहा पाउनुहोस्

    दसैं नजिकिएसँगै वैदेशिक रोजगारीबाट विदामा घर फर्किने परदेशीको संख्या बढेको छ । परदेशमा दुःख गरेर कमाएको पैसाले घर फर्किंदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउँदा कतिपयको सामान नै जफतमा पर्ने गरेको छ ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस