MENU

विशेष

कमाउन साउदी गएका कृष्णलाई घरबाटै पठाउनु पर्‍याे ७ लाख

प्रेम क्षेत्री/नवलपरासी । 

पुस १३ – नवलपरासीको बासाबसहीका कृष्णबहादुर दमाईको घरमा भिड छ । कोही खुसीले गद्गद् छन् कोही रुञ्चे हाँसो हाँस्दैछन् । उनका बाबु, आमा, चार दाजुभाइ, श्रीमती, दुई भाई छोरा र एक छोरी खुसी साट्दै छन् । कृष्णको परिवारको खुसीले गाउँभरी नै खुसी छाएको छ । ७ वर्ष साउदी जेल बसेका कृष्णबहादुर घर फर्किएपछिको दृश्य हो यो ।  २०६४ सालमा साउदी गएका कृष्णबहादुर एक भारतीय नागरिकको हत्या अभियोगमा जेल बसेर फर्किनुभएको हो । अदालतले उहाँसहित १० जना नेपालीलाई कसुर हेरेर दुईदेखि पाँच वर्षसम्म जेल सजाय सुनाएको थियो । तर उनीहरु ७ वर्षसम्म जेल बस्न बाध्य भए । दिएको सजाय भुक्तान भइसक्दा पनि उनीहरु जेलमै बस्न बाध्य भए ।

दुई वर्ष सजाय सुनाएको उहाँलाई ७ वर्ष पछि मात्रै छाड्यो । उहाँसँगै मोरङका भीम बहादुर, रुपन्देहीका भक्तबहादुर दर्जी, भोजपुरका श्रीकुमार राई, नुवाकोटका रामबहादुर तामाङ, सुनसरीका चक्र गुरुङ, झापाका केशव नेपाली, दीपेन्द्र शर्मा, ओखलढुंगाका बीरबहादुर बुढाथोकी, तनहुँका केशवबहादुर पनि जेल पर्नुभएको थियो । यही मुद्दामा पक्राउ परेका उमेश श्रेष्ठको भने जेलमै बिरामी भएर ज्यान गएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेको एक वर्षपछि उमेश श्रेष्ठको उपचारको क्रममा ज्यान गएको थियो । कृष्णबहादुरले उमेशको शवसमेत नदेखेको बताउनुभयो । दुई वर्ष जेल बसेका उमेश विरामी भएपछि अस्पताल लगेका थिए । तर त्यस्को तीन वर्षपछि उमेशको ज्यान गएको खबर जेलमा रहेका अन्य साथीहरुलाई दिइएको थियो । अरु भने घर फर्किएका छन् । 

पैसा कमाउन भनेर साउदी गएको कृष्णले उल्टै घरबाट पैसा मगाउनुप¥यो । उहाँलाई यो १० वर्षमा घरबाट साढे सात लाख रुपैयाँ पठाए परिवारले । विदेश जानै भनेर कृष्णबहादुर जग्गा बेच्नुभयो तर कमाउन सक्नुभएन । सबै गुमाउनुभयो । अहिले उहाँलाई घरबारी सकिएको र कमाउन नसकिएको चिन्ता भन्दा बाँचेर फर्किन पाएको धेरै खुसी छ । उहाँ गएको ७ गते घर आइपुग्नुभएको हो ।

यसरी भएको थियो घटना

कृष्णका अनुसार उहाँले काम गर्ने कम्पनीले तलब दिन नसकेपछि भागेर बाहिर निस्केका थिए । एउटा कोठामा सबै गैरकानूनी हैसियत भएका कामदार बस्थे । जसमा ११ जना नेपाली र ५ जना भारतीय गरी  १६ जना थिए । एक दिन एक भारतीय कामदारको ज्यान गयो । प्रहरीले हत्या हुन सक्ने भन्दै १५ जनालाई पक्राउ गरी छानबिन ग¥यो । त्यसमा अदालतले सबै कामदारको भूमिका हेरी २ वर्ष, ३ वर्ष, ४ वर्ष र पाँच वर्षको सजाय सुनायो । ‘को मरेको हो कस्तो कपडा लगाएको थियो पनि थाहा छैन’ उनले भने ‘फोकटमा जेल सजाय विताउनुपर्‍यो ।’ 

हिरासतमा लिएर सोधीखोजी गरेको चार वर्षपछि मात्रै उनीहरुलाई जेल सजाय सुनाएको थियो । आफूले पटक पटक अनुरोध गरेपनि त्यहाँ नेपालीका गुनासा निकै कम सुनिने उहाँको गुनासो छ । विभिन्न गैर सरकारी संस्था, सुरक्षित आप्रवासन परियोजना सामी तथा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारीको सहयोगमा आफ्नो उद्धार भएको भन्दै उहाँले धन्यवाद दिनुभयो । 

के गर्छ दूतावासले 

साउदीको जेद्दामा दुई वर्षअघि मात्रै सरकारले महावाणिज्य दूतावास स्थापना गरेको छ । त्यसअघि यो मुद्दा रियादमा रहेको नेपाली दूतावासबाटै हेर्दै आएको थियो । महावाणिज्य दूतावासले जेलमा रहेका १० जनालाई स्वदेश पठाएपछि मात्रै शवको अवस्था पत्ता लगाउने तयारी गरेको छ । साउदीमा शव पठाउन स्पोन्सरले जिम्मा लिनुपर्छ । गैरकानुनी हैसियत भएको शव ल्याउन नेपाल सरकार वा परिवारले जिम्मा लिनुपर्छ । लामो समयसम्म कसैले दावी नगरेमा अदालतले दफन (गाड्न) आदेश दिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस